कृषि क्षेत्रको विकासमा सबैको योगदान आवश्यक छ : बरिष्ठ उपाध्यक्ष श्रेष्ठ 

सयपत्रिखवर 2024-01-29
img

  sayapatrikhaber.com

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले कृषि क्षेत्रको विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन् । सोमबार महासंघको कृषि उद्यम केन्द्रले आयोजना सम्पन्न भएको “कृषि क्षेत्रमा कर्जा प्रवाह र त्यसको सदुपयोगका लागी अबलम्बन गर्न सकिने प्रभावकारी डिजिटल टुल्सहरुको निर्माण र प्रयोग” विषयमा अन्र्तकृयात्मक कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । 

केन्द्रले Digital Solutions For Agro based MSMEs in Nepal बारेमा बैक तथा वित्तिय संस्थाहरु बीच “कृषि क्षेत्रमा कर्जा प्रवाह र त्यसको सदुपयोगका लागी अबलम्बन गर्न सकिने प्रभावकारी डिजिटल टुल्सहरुको निर्माण र प्रयोग” विषयमा अन्र्तकृयात्मक कार्यक्रमको आयोजना गरेको थियो । उदघाटन सत्र र छलफल सत्र गरी दुईसत्रमा सम्पन्न भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष श्रेष्ठले देशको अर्थतन्त्रको मूल कृषि क्षेत्र भएको भन्दै समग्र विकासकालागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन पर्ने कुरामा जोड दिए । साथै बैंक तथा वित्तीय क्षेत्रले पनि किसानको तहसम्म वित्तीय सेवा पुर्‍याउन सहज र सरल बनाउनु पर्ने उनको भनाइ थियो । 

‘मुलुकमा कृषि वस्तुको आयात बढ्दै गई रहनु देशको आर्थिक अवस्थाका लागि राम्रो संकेत होइन । युवाहरुको बढ्दो बिदेश पलायनलाई रोकी स्वदेशमा नै व्यवसायीक कृषि क्षेत्रमा आर्कर्षित गर्ने योजना तत्कालै ल्याउनु पर्छ,’  उनले भने । कृषि क्षेत्रमा अवसर र चुनौती दुबै रहेकोले बैक तथा वित्तिय संस्थाहरुले सरल, सहज रुपमा ऋण उपलव्ध गराउनु पर्ने, अबको समय भनेको डिजिटलको समय भएकोले बैंकहरुले समय अनुसार चल्न नसकेमा प्रतिस्पर्धामा आउन कठिन हुने देखिएकोले सो अनुसार अगाडि बढ्नु पर्ने उनको सुझाब थियो । 

कृषि उद्यम केन्द्रका सभापति डि.बी बस्नेत को सभापतित्वमा सम्पन्न उदघाटन कार्यक्रम मा बोल्दै सभापति बस्नेतले बैंक तथा वित्तीय संस्थाहरुले कृषि व्यवसायका सरोकारवालाहरुलाई कतिपय बैंकका प्रावधान प्रष्ट बुझाउन नसक्दा व्यवसायिले झन्झटिलो मान्ने गरेका बताए । साथै उनले अधिकांस व्यवसायीहरु बैंक तथा वित्तीय संस्थाको सेवा लिदा संस्थाबाट उपलव्ध हुने कागजातमा उल्लेख सर्त राम्रोसंग नबुझि सहमती दिनेलिने गर्दा वित्तीय सेवा प्रदायक र सेवाग्राहीको बीच सम्बन्धमा चिसोपन आउने गरेको बताए । त्यसकारण बैंक तथा वित्तीय सेवा प्रदायकहरुले कृषिव्यवसायि, किसानहरुलाई सरल, सहज रुपमा सबैले बुझने बिधि र प्रकृया लागु गरेमा वित्तीय सेवा लिने बास्तविक कृषि व्यवसायीहरुलाई सहज हुने बताए । 

सहज रुपमा सेवा दिएको खण्डमा सेवा लिनेको संख्या पनि बढने उनको विश्वास थियो । सभापति बस्नेतले किसानलाई सहज सेवा प्रवाह गर्ने कुरामा सरकार, किसान, वित्तीय संस्था लगायत सरोकारवाला सबैसंग कृषि उद्यम केन्द्र मिलेर कामगर्न तथा कृषि आधुनिकीकरण र व्यवसायीकरणको लागी केन्द्र सदा तत्पर रहेको बतााए । 

महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सह–सभापति राजकुमार कार्कीले सहभागीहरुलाई स्वागत गदै यस कार्यक्रमले वित्तीय सेवामा पहुँच बृद्धि गर्न सहयोग पुर्‍याउने बताए । अहिलेको अवस्थामा प्रभावकारी डिजिटल टुल्सहरुको प्रयोग विना बैंकहरुको सेवा विस्तारमा कठिनाई हुन उनको भनाइ थियो । 

कार्यक्रममा महासंघका केन्द्रिय सदस्य तथा स्टार्टअप र इनोभेसन फोरमका सभापति जुना माथेमाले नविनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई सरल र सहज रुपमा सहुलियतपूर्ण कर्जा उपलव्ध गराउने मस्यौदा “स्टार्टअप उद्यम कर्जा संचालन कार्यविधि जारी गराउने कार्यमा महासंघ लागी परेका र चांडै नै सरकारबाट जारी हुने बताइन । कृषि उद्यम केन्द्रका बोर्ड सदस्य तथा आर एण्ड डी सोलुसन इन्नोभेटिभ सोलुसन प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेम्हाफूकीले छलफल कार्यक्रमको उद्देश्यका साथै अन्र्तक्रिया कार्यक्रमबारे जानकारी गराउदै छलफलमा सक्रिय रुपमा सहभागि भई आफ्ना बिचार राखिदिनहुन र सुझाव उपलव्ध गराई दिनहुन सहभागिहरुलाई अनुरोध गरिन । 

छलफल कार्यक्रममा ३० भन्दा बढि बैंक तथा वित्तीय संस्थाका प्रतिनीधि, साथै बभिन्नि उद्योग वाणिज्य संघका अध्यक्षहरु, विभिन्न सरोकारवालाहरु गरी करिब ६० जनाको सहभागिता रहेको थियो । 

कार्यक्रममा सहभागि बैंक तथा बित्तीय संस्थाका प्रतिनिधीहरुले हाल नेपालमा कृषि क्षेत्रमा लगानी गर्न उपयुक्त नीति नियमको अभावका साथै कार्यान्वयन पक्ष कमजोर रहेको कारण कृषिमा लगानी गर्न बैंकहरु तत्पर नरहेको बताएका थिए । यसका लागि सरोकारवाला निकायहरु सबै मिलेर लगानीको उपयुक्त वातावरण श्रृजना गर्नुपर्ने उनीहरुको भनाइ थियो । 

कार्यक्रमको समापन गदै कृषि उद्यम केन्द्रका बोर्ड सदस्य मनोज चापागाईले नेपालमा कृषि क्षेत्रमा समस्या नै समस्या देखिएता पनि थुप्रै अवसरहरु विद्यमान रहेकोले कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुले लगानी बढेको खण्डमा आयात प्रतिस्थापन गर्ने कार्यलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

Related Post

Advertisement