शेयर बजारमा दोहोरो अंकको सुधार 

सयपत्रिखवर 2024-04-28
img

  sayapatrikhaber.com

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । कारोबार हुने साताको पहिलो दिन शेयर बजार परिसूचक १४ दशमलव ३३ अंकले बढेको हो । यो अघिल्लो कारोबारको तुलनामा शुन्य दशमलव ७२ प्रतिशतले बढी हो । 

१४ अंक भन्दा बढीको सुधार भएको बजार परिसूचक १९८० दशमलव २७ विन्दुमा पुगेको छ । आइतबार कारोबार भएका कम्पनी मध्ये १७९ कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै ५६ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । 

नेप्सेमा आज ३०८ कम्पनीका ६८ लाख ७८ हजार १५९ कित्ता शेयर ४८ हजार १८३ पटक खरिद बिक्री भएका छन् । जसबाट २ अर्ब ६८ करोड २५ लाख ८६ हजार ९५५ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै आइतबार क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ६२ अंकले बढेर ३५० दशमलव ८० विन्दुमा पुगेको छ । 
 

Related Post

Advertisement