आज इलाम र बझाङमा उप निर्वाचन 

सयपत्रिखवर 2024-04-27
img

  sayapatrikhaber.com

काठमाडौं । आज एक संघीय चुनाव क्षेत्र र एक प्रदेश क्षेत्रमा उप निर्वाचन हुदैछ । आज इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा आज उप निर्वाचन हुने भएको हो । 

इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित सुवासचन्द्र नेम्वाङको निधन भएकाले त्यहाँ उपचुनाव हुन लागेको हो । त्यस्तै बझाङ–१ (क) मा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपचुनाव हुन लागेको हो ।

निर्वाचन आयोगले उपचुनावको तयारी पूरा भएको र मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन अपिल गरेको छ । बिहान ७ बजेदेखि शुरु हुने मतदान बेलुका ५ बजेसम्म चल्नेछ । आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतको सदुपयोग गर्न मतदातालाई आयोगले आग्रह गरेको छ । 
 

Related Post

Advertisement