भवन अभावले अध्ययन प्रभावित, एउटै कोठामा दुइ कक्षा सञ्चालन 

सयपत्रिखवर 2024-05-08
img

  sayapatrikhaber.com

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर १ दोजामस्थित चाङला हिमाल आधारभूत विद्यालयलाई भवन अभावका कारणले अध्ययन प्रभावित भएका छ । भवन अभाव भएपछि बालबाविकासदेखि कक्षा ५ सम्म अध्ययन हुने सो विद्यालयको पठनपाठनमा समस्या भएको हो । 

विद्यालयमा एउटै साँघुरो कोठामा दुई फरक फरक कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको विद्यालयका प्राधानाध्यापक राजु लामाले बताए । ‘विद्यालयमा एउटै साँघुरो कोठामा दुई फरक फरक कक्षा सञ्चालन गर्नु परेको छ । कक्षा २ र ३ का विद्यार्थीलाई एउटै कोठामा राखेर पठनपाठन गराइरहेका छौँ,’ उनले भने । 

विद्यार्थीले पढाइमा बाधा पुगेको गुनासो गर्ने गरेका उनको भनाइ छ । ‘चार र पाँच कक्षाका विद्यार्थीलाई पनि एउटै कक्षामा राखेर पठनपाठन गर्नुपर्ने बाध्यता छ,’  प्रधानाध्यापक लामाले भने । विद्यालयसँग ६ कोठामात्रै छन् । एउटामा कार्यालय कक्ष, अर्कोमा बालविकास, एउटामा कक्षा १ का र अर्कोमा कक्षा २, ३ का र बाँकी रहेको एउटा कोठामा चार र पाँच कक्षाका विद्यार्थीलाई राखेर पठनपाठन गरिँदै आएको शिक्षक सञ्जय फडेराले बताए । 

विद्यालय भवन निर्माणका लागि स्थानीयवासीलाई सहयोगका लागि आग्रह गरिएको शिक्षक फडेरा बताउँछन् । कक्षा १ मा छात्रछात्रा गरी ३३, कक्षा दुईमा चार, कक्षा तीनमा आठ, कक्षा चारमा चार तथा पाँचमा तीन विद्यार्थी अध्ययनरत रहेका उनले जानकारी दिए । बालबिकास कक्षामा ७० जना विद्यार्थी छन् । विद्यालयका प्रधानध्यापकसहित चार स्थायी शिक्षक तथा दुई कार्यालय सहयोगी रहेका छन् ।
 

Related Post

Advertisement