काठमाडौं । मंगलबार पनि सेयर बजार घटेर कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक झिनो अंकले घटेर कारोबार बन्द भएको हो ।
आज नेप्से परिसूचक ०.५२ अंकले घटेर २६४४.७० विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीहरुमध्ये १२५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११९ कम्पनीको घटेको छ । त्यस्तै आज १३ कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२६ अंकले घटेर ४५३.९९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचक मध्ये ८ वटाको सेयर मूल्य बढेको छ भने ५ वटाको घटेर कारोबार भएको छ । आज परिसुचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।
आज सेयर बजारमा ३२४ कम्पनीका १ करोड ८ लाख १० हजार १०६ कित्ता सेयर ५६ हजार ९ पकट खरिद बिक्री हुँदा ४ अर्ब ४८ करोड १३ लाख ९४ हजार १४९ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ । साविक विजेता जनकपुरले पहिलो जित निकाल्ने क्रममा चितनव राइनोजलाई ६ विकेटले पराजित गरेको हो ।
चितवले दिएको १७७ रनको लक्ष्य जजनकपुरले १७.३ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो । उसका लागि माज सदाकलतले सार्वधिक ६३ रनको पारी खेले । त्यस्तै अनिल साहले ६१ रन बनाए । चितवनका लागि सोहेल तन्बीर, कमलसिंह ऐरि र अमरि रौटेलाले एक एक विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारीत ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको थियो । चितवनका लागि डेविट मलानले सार्वधिक ८० रनको योगदान दिए । त्यस्तै अर्जुन साउदले पनि ५२ रनको अर्धशतकीय पारी खेले । अन्त्यमा कप्तान कुशल मल्लले पनि टोलिका लागि ३० रनको अविजीत पारी खेले ।
जनकपुरका लागि माज सदाकद, अनिल शाह, रुपेश सिंह र जान निकोल लोफ्टी–इटनले एक एक विकेट लिए । जनकपुरले केही बेरमा जबाफि ब्याटिङ गर्नेछ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा चितनव राइनोजले जनकपुर बोल्ट्सलाई जितका लागि १७७ रनको चुनौति दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारीत ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएपछि जनकपुले उक्त लक्ष्य पाएको हो ।
चितवनका लागि डेविट मलानले सार्वधिक ८० रनको योगदान दिए । त्यस्तै अर्जुन साउदले पनि ५२ रनको अर्धशतकीय पारी खेले । अन्त्यमा कप्तान कुशल मल्लले पनि टोलिका लागि ३० रनको अविजीत पारी खेले ।
जनकपुरका लागि माज सदाकद, अनिल शाह, रुपेश सिंह र जान निकोल लोफ्टी–इटनले एक एक विकेट लिए । जनकपुरले केही बेरमा जबाफि ब्याटिङ गर्नेछ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध चितवनले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो ।
साविक विजेता जनकपुर हालसम्म जितविहीन रहदै अङ्क तालिकाको पुछारमा छ । चितवन ४ खेलबाट २ जितसहित चौंथो स्थानमा छ ।
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको पदमा नेपाल बैंकको तर्फबाट विश्वराज बराल नियुक्त भएका छन्।
कम्पनीको मंसिर १५ गते अपरान्ह साढे ४ बजे बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सञ्चालक पदमा संस्थापक शेयरधनी नेपाल बैंक लिमिटेडको तर्फबाट बराललाई नियुक्त गर्ने निर्णय गरेको हो।
काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंक भन्दा धेरैले घटेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.३३ अंकले घटेर २६४०.९० विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा ३१ कम्पनीको सेयर मूल्य घटेको छ भने १५ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै तीन कम्पनीको सेयर मूल्य भने यो सेसनमा स्थिर रहेको छ । त्यस्तै आजको उक्त सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.७६ अंकले घटेर ४५४.५० विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ५२ कम्पनीका ७ हजार २८६ कित्ता सेयर ७४ पटक खरिद बिक्री हुँदा ४० लाख ३० हजार ७५५ रुपैयाँको कारोबार भएको छ ।
काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । आज चाँदीको मूल्य भने बढेको छ । आज सुन तोलामा ३०० रुपैयाँले सस्तो भएको छ भने चाँदी १० रुपैयाँले महंगो भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ५३ हजार ६०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर ३ हजार ३४५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछ । आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजको सामना गर्नेछ भने दोस्रो खेल पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच हुँदैछ ।
अंकतालिकामा जनकपुर बोल्ट्स सबैभन्दा अन्तिममा रहेको छ । ४ खेल खेलेको जनकपुरले यस संस्करणमा हालसम्म कुनै खेल जितेको छैन । आजको खेलमा पनि पराजित भएमा जनकपुरको प्लेअफबाट बाहिरिनेछ । ४ खेलबाट ४ अंक बटुलेको चितवन राइनोज अहिले अंकतालिकाको चौथो स्थानमा छ । आजको खेलमा चितवनले विराटनगरलाई पराजित गरेमा प्लेअफमा पुग्ने सम्भावना बलियो हुनेछ । यी दुई बीचको खेल आज मध्यान्ह ११ः४५ बजे टीयू क्रिकेट रंगशालामा सुरु हुनेछ ।
साँझ ४ बजे सुरु हुने खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स भिड्दैछन् । यी दुबै टोलीको समान २ अंक छ । यद्यपि, कर्णालीले ५ खेल खेलिसकेको छ भने पोखरा आज आफ्नो पाँचौ खेल खेल्दैछ । यी दुबै टोलीलाई आज जित्नैपर्ने दबाब छ। पोखरा आजको खेलमा पराजित भएमा प्लेअफमा पुग्ने सम्भावना घट्नेछ। यता आज कर्णाली याक्स हारेमा प्लेअफबाट बाहिरिनेछ ।
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ११०, आलु रातो प्रतिकिलो रु ५०, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु सेतो प्रतिकिलो रु ३८ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३२ रहेको छ ।
यस्तै, गाजर (लोकल) प्रतिकिलो रु १५०, गाजर (तराई) प्रतिकिलो रु १३०, बन्दा (लोकल) प्रतिकिलो रु ७०, बन्दा (तराई) प्रतिकिलो रु ५५, बन्दा (नरिवल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु ७५, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ९०, काउली तराई प्रतिकिलो रु ६५, रातो मूला प्रतिकिलो रु ६०, सेतो मूला (लोकल) प्रतिकिलो रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ५०, भन्टा लाम्चो प्रतिकिलो रु ६०, भन्टा डल्लो प्रतिकिलो रु ७०, तने बोडी प्रतिकिलो रु १७० र मकै बोडी प्रतिकिलो रु ७० कायम भएको छ ।
त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु १४०, तिते करेला प्रतिकिलो रु १२०, लौका प्रतिकिलो रु ८०, परबर (लोकल) प्रतिकिलो रु १००, परबर (तराई) प्रतिकिलो रु १००, घिरौँला प्रतिकिलो रु १३०, फर्सी पाकेको प्रतिकिलो रु ४०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ७०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, सलगम प्रतिकिलो १२०, भिन्डी प्रतिकिलो ११०, सखरखण्ड प्रतिकिलो ८०, बरेला प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ११० र स्कुस प्रतिकिलो रु ३० कायम गरिएको छ ।
रायोसाग प्रतिकिलो रु ७०, पालुङ्गो साग प्रतिकेजी रु १८०, चमसुर प्रतिकिलो रु १००, तोरीको साग प्रतिकिलो रु ७०, मेथीको साग प्रतिकिलो रु १६०, हरियो प्याज प्रतिकिलो रु १२०, बकुला प्रतिकिलो रु १६०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु २२०, च्याउ (डल्ले) प्रतिकिलो रु ३८० र कुरिलो प्रतिकिलो रु १३०० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु १६०, चुकुन्दर प्रतिकिलो रु ९०, रातो बन्दा प्रतिकिलो रु १५०, जिरीको साग प्रतिकिलो रु ६५०, सेलरी प्रतिकिलो रु ५००, पार्सले प्रतिकिलो रु ७००, सौफको साग प्रतिकिलो रु १६०, पुदिना प्रतिकिलो रु ६००, गान्टेमुला प्रतिकिलो रु १००, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ४०० तोकिएको छ ।
स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु १२०, अनार प्रतिकिलो रु ४००, सुन्तला (नेपाली) प्रतिकिलो रु १२०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु १००, जुनार प्रतिकिलो रु २६०, भुइँकटहर प्रतिगोटा रु १७०, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, निबुवा प्रतिकिलो रु ६०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २२०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, अम्बा प्रतिकिलो रु १०० र लप्सी प्रतिकिलो रु ७०, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु २५०, सरिफा प्रतिकिलो रु २०० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।
यसैगरी, अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ७०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ११०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १५०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु १५०, भेडे खुर्सानी प्रतिकिलो रु १६०, हरियो लसुन प्रतिकिलो रु १३०, हरियो धनियाँ प्रतिकिलो रु १३०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १००, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु १५०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु १००० र काँक्रो (लोकल क्रस) प्रतिकिलो रु ७० निर्धारण गरिएको छ ।
काठमाडौं । अटोमोवाइल्स एशोसिएशन अफ नेपाल नाडाको ४९ औ साधारण सभा २०८२ पौष ९ गते बुधबार दि प्लाजा, ललितपुरमा गर्ने भएको छ । मङ्गसिर १५ गते बसेको नाडाको २४ औं केन्द्रीय कार्य समितिको बैठकको निर्णय अनुसार नाडालाई महासंघमा लैजाने प्रस्ताव साधारण सभामा पेश गरिने नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतिले जानकारी दिएका छन्
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयरको संरचना परिवर्तन भएको छ । कम्पनीको संस्थापक समूहको १ लाख २२ हजार ४४३.४५ कित्ता सेयर सर्वसाधारण समूहमा परिणत भएको हो ।
कम्पनीले संस्थापक सेयरधनीको स्वामित्व ६० प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४० प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरेकोमा नेप्सेले सोही बमोजिम मंसिर १५ गते सेयर अभिलेख गरेको जनाएको छ ।
नेप्सेमा यस कम्पनीको कुल १२ लाख २४ हजार ४३४.४९ कित्ता सेयर सूचीकृत रहेको छ । सेयर संरचना परिवर्तन भएसँगै अब कम्पनीका संस्थापक सेयरधनीसँग ७ लाख ३४ हजार ६६०.६९ कित्ता सेयर र सर्वसाधारणसँग ४ लाख ८९ हजार ७७३.८० कित्ता सेयर रहेको छ।
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तले सेयरधनी सुनिल कुमार रायको नाममा रहेको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
कम्पनीले प्रतिकित्ता न्यूनतम ३९० रुपैयाँमा सेयर बिक्रीमा राखेको हो । यसअघि कम्पनीकै विद्यमान संस्थापक सेयरधनीलाई खरीद आह्वान गरिएकोमा निवेदन प्राप्त नभएपछि अहिले सर्वसाधारणले किन्न पाउने गरी बिक्री खुलाइएको हो ।
इच्छुक खरीदकर्ताले अबको १५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ ।

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले मंसिर २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशतले हुन आउने अर्थात १ करोड ७२ लाख ३८ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७२ हजार ३८८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।
सो आईपीओमा मंसिर २९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस १० गतेसम्म लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माढा गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ ।
धरान । सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा रहेको तालतलैया अहिले पर्यटकको आकर्षक केन्द्रका रूपमा विस्तार हुँदै गएको छ । करिब २१ दशमलव पाँच हेक्टर क्षेत्रफलमा फैलिएको तालतलैया विशेषगरी वनभोज स्थलका रूपमा लोकप्रिय बनेको हो ।
मुख्य वनभोजको मौसममा दैनिक १२ देखि १५ हजार आन्तरिक तथा बाह्य पर्यटक तालतलैया आउने गरेका तालतलैया व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर रायमाझीले जानकारी दिए । उनका अनुसार दिनमा ५०० भन्दाबढी पर्यटक घुमघामका लागि आउने गरेका छन् । वनभोजका लागि यहाँ एकैपटक ७० भन्दाबढी समूहले वनभोज खानसक्ने क्षमता रहेकाले वनभोजमा आउनेले दुई–चार दिन अगाडि बुकिङ गराउनुपर्ने उनले बताए ।
पर्यटकको आकर्षणलाई ध्यानमा राखी तालतलैया परिसरभित्र छ वटा पोखरी निर्माण गरिएको छ । साथै, पर्यटकको थप सुविधाका लागि दुई वटा मोटरबोट सञ्चालनमा ल्याइएको व्यवस्थापन समितिले जनाएको छ । मङ्सिरदेखि माघसम्म पर्यटकको चाप अत्यधिक हुने गरेको अध्यक्ष रायमाझीले बताए । उनका अनुसार करिब ४० प्रतिशत पर्यटक भारतका विभिन्न सहर तथा सिरहा, सप्तरी क्षेत्रबाट आउने गरेका छन् । उनले भने, “यहाँ आउने पर्यटकका लागि अर्को आकर्षण चिडियाखाना हो, जहाँ दुम्सी, मयँुर, गिद्ध, चित्तल, हाँस, घोडा, बाँदरलगायत विभिन्न वन्यजन्तु छन्, यिनै अवलोकन गर्न पर्यटकको सङ्ख्या यो समय बढ्दो छ ।”
आर्थिक वर्ष २०८१/८२ मा सहरी विकास मन्त्रालयबाट विनियोजन भएको रु ८५ लाख बजेटले तालतलैयाभित्र पर्यटकीय संरचना थप निर्माण गरिएको अध्यक्ष रायमाझीले जानकारी दिनुभयो । उक्त बजेटबाट शौचालय, चिडियाखानाका थप संरचना, तथा अन्य पर्यटकमैत्री सुविधा निर्माण गरिएको छ । तालतलैयाभित्र नर्सरी, वाटरफाउन्टेन, बालबालिकाका लागि चिल्ड्रेन पार्क निर्माण गरिएको जनाउँदै उनले स्कुल बिदाका समयमा अभिभावकले बालबालिकालाई खेलाउन ल्याउनेको सङ्ख्या उल्लेख्य रहेको बताए ।
स्थानीय व्यापारी चन्द्रकला श्रेष्ठले भने, “घर नजिकै पर्यटकीयस्थल रहेकाले साना व्यापारीलाई ठूलो फाइदा पुगेको छ ।” दैनिक रूपमा ५०० सम्म आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकाले चटपटे, मःम, चाउमिनलगायत परिकार बढी बिक्री हुने भन्दै उनले व्यापार वृद्धि हुँदा आयस्तर सुधार भएको बताए । मोरङको कानेपोखरीबाट साथीसहित घुम्न आउनुभएका निरोज थापाले तालतलैया छुट्टीको उपयुक्त गन्तव्य भएको बताए । उनले भने, “यहाँ फराकिलो खुला क्षेत्र, बोटिङ, आकर्षक फोटो स्पट, संरचना र फूलबारी भएकाले हामी छुट्टीको समयमा प्रायः यहाँ घुम्न आउने गर्छौं ।”
पूर्वक्षेत्रका प्रमुख मनोरञ्जन र वनभोज गन्तव्यमध्ये एकका रूपमा विकसित हुँदै गएको तालतलैया स्थानीय पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ । यहाँ रहेका विभिन्न संरचनाको जीर्णोद्धार, जनावरको बासस्थान संरक्षण र पर्यटकीय पूर्वाधार निर्माण तथा प्रवद्र्धनका लागि प्रदेश र सङ्घीय सरकारबाट सहयोग प्राप्त भइरहेको अध्यक्ष रायमाझीले बताए । तालतलैयाभित्र अहिले घुम्न आउने पर्यटक विश्राम गर्न दर्जनौँ चौतारा, बगैँचा साथै अवलोकनका लागि विभिन्न प्रकारका मूर्तिसमेत सरकारी सहयोगमा निर्माण गरिएको कार्यसमितिले जनाएको छ ।
काठमाडौं । माउन्टेन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनाका लागि भोलि एक दिन बुक क्लोज गर्ने भएकाले आजसम्म कायम रहेका सेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्न सक्ने छन् ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै साधारण सभामा सहभागिता जनाउन पाउनेछन् भने लाभांश प्राप्त गर्न सक्नेछन् । माउन्टेन इनर्जीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न मंसिर २९ गते साधारण सभा बोलाएको छ ।
