साहुजीको व्यवहार नगर्नू व्यवसायीको माग अनुसार गर्नु : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले बैंक तथा वित्तीय संस्थाहरुलाई बजारको माग अनुसारको ऋण योजना ल्याउन आग्रह गरेका छन् । आर्थिक पत्रकार समाजको २९ औं वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा गरेको कार्यक्रममा गभर्नर पौडेलले तरलता व्यवस्थापन नहुँदा साइड इफेक्ट परेको भन्दै ऋण प्रवाहका नयाँ योजना ल्याउन आग्रह गरेका हुन् ।

‘तरलता व्यवस्थापन नहुँदा साइड इफेक्ट परेको छ । ऋण लिने नयाँ क्लाइन्ट बढेको देखिएको छैन। बैंकको फाइनान्सियल प्रडक्ट नयाँ आएको देखिएन,’ उनले भने, ‘लोन प्रडक्टको डिजाइन भएन भन्ने स्थानीय उद्यमीहरुको कुरा छ । उहाँहरुको डिमान्ड मिट हुने खालको प्रडक्ट नभएको गुनासो छ। त्यसैले बैंकका लोकल म्यानेजरले उद्योमीसँग क्लोजली काम गरेर फाइनान्सियल प्रडक्ट ल्याउन आग्रह गर्छु ।’

चालु आर्थिक वर्ष चार महिना वितिसक्दा पनि ऋण लगानी निक्कै सुस्त छ। अहिलेसम्म जम्मा ४९ अर्ब रुपैयाँ ऋण प्रवाह भएको छ। ऋणको माग सुस्त रहेकै कारण लगानीयोग्य ११ खर्ब रुपैयाँ बैंकिङ प्रणालीमा थुप्रिएको छ । गभर्नर पौडेलले बैंकहरुलाई ऋणीमाथि साहुजीको व्यवहार नगर्न समेत आग्रह गरेका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top