स्वाभिमान लघुवित्तको साधारणसभा असार ३० गते,

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले ९ औँ वार्षिक साधारणसभा असार ३० गते गर्ने निर्णय गरेको हो ।

उक्त सभा कम्पनीको केन्द्रीय कार्यालय तिलोत्तमा ५ रुपन्देशीमा बिहाना ११ बजे बस्ने छ । सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक बर्ष २०८१/०८२ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहितको २०८२, आसार मसान्तको वासलात, आ.व. २०८१ /०८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरी पारित गर्ने प्रस्तावहरु हरहेका छन् । त्यस्तै आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति एव निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक समितिमा संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना संचालकहरुको निर्वाचन गने, संचालक समितिमा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट १ जना संचालकको निर्वाचन कार्यसूची रहेको छ ।

त्यस्तै विशेष प्रस्ताबका रुपमा अन्य इजाजतपत्र प्राप्त “घ” वर्गका वित्तीय संस्थासंग मर्जर वा प्राप्ति गर्न/गराउन उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, नियमनकारी निकायबाट कुनै निर्णय उपर फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार थपघट, परिमार्जन संशोधन तथा सच्याउनको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताब माथि छफल गरि पारित गर्ने कार्यसूची रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि असार २२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यस आधारमा असार १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका सेयरधनीहरुले साधारणसभामा सहभागि हुन पाउने छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top