आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा, कुरासाओ पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’को खेलमा कुरासाओसँग जित निकाल्दै आइभरी कोस्टले नकआउट चरणको यात्रा सुनिश्चित गरेको छ । शुक्रबार बिहान भएको खेलमा आइभरी कोस्टले कुरासाओविरुद्ध २–० गोलअन्तरको जित निकालेको हो ।

खेलमा आइभरी कोस्टका लागि दुवै गोल निकोलस पेपेले गरे । उनले खेलको ७ औं र ६४ औं मिनेटमा गोल गरेका हुन् । यो समूहमा जर्मनी ३ खेलमा २ जित र एक हारसँगै ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहँदै समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरेको हो । आजको जितसँगै आइभरी कोस्टले पनि समान दुई जित र एक हारसहित ६ अंक जोडेपनि गोलअन्तरमा पछि परेर समूह उपविजेतामा सीमित बन्यो ।

आजकै अर्को खेलमा जर्मनीसँग जित निकालेको इक्वेडर एक हार एक बराबरी र एक जितसहित ४ अंक जोडेर अंक तालिकामा तेस्रो रह्यो । यद्यपि उत्कृष्ट तेस्रो टिम बनेर इक्वेडरले पनि नक आउट चरणको यात्रा सुरक्षित गरेको छ ।कुरासाओ भने तीन खेलमा एक बराबर र दुई हारसहित प्रतियोगिताबाट बाहिरिएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top