प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर अब बिर्तामोडमा

बिर्तामोड । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Nepal ले बिर्तामोडमा आफ्नो नयाँ Ather Experience Center को भव्य उद्घाटन गरेको छ। यससँगै Ather ले देशभर आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउँदै नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई तीव्र रूपमा विस्तार गर्ने प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।

बिर्तामोडमा अवस्थित नयाँ Experience Center को औपचारिक उद्घाटन आइतबार, जेठ १०, २०८३ मा Bhurtel Energy Pvt. Ltd. को डिलर व्यवस्थापन अन्तर्गत सम्पन्न भएको हो। यो उद्घाटन Ather Nepal को देशभर आधुनिक, स्मार्ट, उच्च प्रदर्शनयुक्त तथा दिगो यातायात समाधानलाई ग्राहकसम्म पुर्‍याउने यात्रामा अर्को महत्वपूर्ण उपलब्धि हो।

बिर्तामोड Experience Center सञ्चालनमा आएसँगै Ather Nepal का देशभर ११ वटा Experience Centers पुगेका छन्। काठमाडौं उपत्यकाभित्र ५ वटा केन्द्रसहित पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर र अब बिर्तामोडमा Ather को उपस्थिति विस्तार भएको छ। साथै, ग्राहकलाई उत्कृष्ट बिक्रीपछिको सेवा तथा सहज स्वामित्व अनुभव प्रदान गर्न देशभर १० वटा Authorized Service Centers पनि सञ्चालनमा रहेका छन्।

Ather ले दुईपांग्रे EV सेग्मेन्टमा सबैभन्दा लामो ८ वर्षसम्मको Extended Battery Warranty समेत प्रदान गर्दै आएको छ।नयाँ Experience Center मा Ather को सम्पूर्ण उत्पादन लाइनअप उपलब्ध हुनेछ, जसमा performance-focused Ather 450 series तथा Modern Family Ather Rizta समावेश छन्।

Ather 450 series विशेषगरी उच्च प्रदर्शन, स्मार्ट प्रविधि र उत्कृष्ट राइडिङ अनुभव खोज्ने ग्राहकका लागि डिजाइन गरिएको हो। यसमा शक्तिशाली acceleration, Google Maps आधारित navigation, AutoHold, Fall Safe, reverse mode, विभिन्न ride modes तथा responsive touchscreen dashboard जस्ता अत्याधुनिक सुविधाहरू समावेश छन्, जसले Ather 450 लाई नेपालको सबैभन्दा advanced electric scooters मध्ये एक बनाएको छ।

त्यसैगरी, Ather Rizta आधुनिक परिवार र दैनिक प्रयोगलाई केन्द्रमा राखेर डिजाइन गरिएको स्कुटर हो। विशाल सिट, ठूलो storage capacity, safety-focused engineering, traction control, tow तथा theft alerts, dashboard मा WhatsApp notifications, साथै आरामदायी riding posture लगायतका सुविधाले Rizta लाई दैनिक यात्राका लागि प्रविधि, सुविधा र विश्वसनीयताको उत्कृष्ट संयोजन बनाएको छ।

बिर्तामोड Experience Center मा आउने ग्राहकहरूले:
• स्कुटरहरूको live display तथा product demonstrations अनुभव गर्न सक्नेछन्
• Ather 450 series र Rizta को test ride लिन सक्नेछन्
• Smart features तथा connected technology बारे जानकारी लिन सक्नेछन्
• Financing तथा exchange सुविधा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन्
• EV ownership तथा charging सम्बन्धी परामर्श लिन सक्नेछन्

अब बिर्तामोडमै रहेको Ather को आफ्नै सर्भिस सेन्टरमार्फत ग्राहकहरूले सहज र भरपर्दो आफ्टर सेल्स सेवा प्राप्त गर्न सक्नेछन्। आवश्यक स्पेयर पार्ट्सको उपलब्धतासँगै, Ather प्रयोगकर्ताहरूले अझ ढुक्क र चिन्तामुक्त भएर आफ्नो राइडको अनुभव लिन सक्नेछन्।

Ather Nepal ले नेपालमा EV ecosystem लाई थप मजबुत बनाउन आफ्नो fast-charging infrastructure लाई निरन्तर विस्तार गर्दै आएको छ। ग्राहकहरूले देशभर विस्तार भइरहेको ४० भन्दा बढी Ather Grid fast charging network मार्फत प्रमुख शहर तथा राजमार्गहरूमा सहज र भरपर्दो charging सुविधा प्राप्त गर्न सक्नेछन्।

प्रदेश १ मा बढ्दो Ather ग्राहक समुदायलाई सहज यात्रा अनुभव प्रदान गर्न Ather ले आफ्नो फास्ट चार्जिङ नेटवर्कलाई पनि विस्तार गर्दै लगिरहेको छ। हाल Ather राइडरहरूले बिर्तामोडस्थित 3 Degree Cafe, धरानस्थित CSE Office Automation तथा इटहरीको खेती खोला स्थित Ather Experience Center मा फास्ट चार्जिङ सेवा उपयोग गर्न सक्नेछन् भने निकट भविष्यमा थप चार्जिङ स्थानहरू विस्तार गर्ने योजना रहेको छ।

बिर्तामोड Experience Center को उद्घाटनले नेपालको प्रमुख शहरहरूमा प्रिमियम electric mobility लाई सहज रूपमा उपलब्ध गराउने Ather Nepal को दीर्घकालीन दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ। साथै, innovation, technology तथा भरपर्दो service support मार्फत विश्वस्तरीय ownership experience प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई समेत झल्काउँछ।

ग्राहकहरू, सञ्चारकर्मीहरू, EV enthusiasts तथा सम्पूर्ण शुभेच्छुकहरूलाई नयाँ Experience Center भ्रमण गरी भविष्यको स्मार्ट mobility अनुभव गर्न हार्दिक निमन्त्रणा गरिएको छ।

नेपालमा दिगो तथा वातावरणमैत्री यातायातप्रति आकर्षण तीव्र रूपमा बढिरहेको अवस्थामा Ather Nepal Smart प्रविधियुक्त scooters, मजबुत charging infrastructure तथा customer-first innovation मार्फत नेपालको electric revolution लाई नेतृत्व गर्न प्रतिबद्ध रहेको छ।

Ather Birtamod को grand opening को अवसरमा ग्राहकहरूले जेठ १७, २०८३ सम्म सीमित अवधिका लागि विशेष आकर्षक offers प्राप्त गर्न सक्नेछन्। यस विशेष योजनाअन्तर्गत Extended Battery Warranty, आकर्षक ०% ब्याजदरमा financing सुविधा तथा अतिरिक्त exchange valuation benefits उपलब्ध गराइनेछ, जसले बिर्तामोडका ग्राहकहरूलाई स्मार्ट र भरपर्दो electric mobility अपनाउन अझ सहज बनाउनेछ।

Vaidya Energy Pvt. Ltd. बारे

Vaidya Energy Pvt. Ltd. नेपालमा Ather electric two-wheeler को आधिकारिक तथा एकमात्र वितरक कम्पनी हो। कम्पनी नेपाललाई स्वच्छ, दिगो तथा वातावरणमैत्री यातायाततर्फ अग्रसर गराउने उद्देश्यसहित innovative, reliable तथा customer-focused EV solutions प्रदान गर्न प्रतिबद्ध रहेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top