दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर बलिङ रोजेको छ ।

जारी सिजनमा लुम्बिनी दोस्रो जितको खोजीमा छ । उसले चार म्याच खेल्दासम्म तीनमा हार तथा एक खेलमा मात्र जित निकालेको छ ।

उता पोखराले तीनमध्ये दुईमा पराजय र एक खेलमा जित हात पारेको छ । प्लेअफ सम्भावना कायमै राख्न दुवै टिमका लागि आजको खेल महत्वपूर्ण छ ।
गत सिजनमा भएको लुम्बिनीसँगको खेलमा पोखरा १० विकेटले विजयी भएको छ ।



