जीवन बीमकको लगानी पौने ७ खर्ब माथि, कुन क्षेत्रमा कति ?

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमास (साउन–असोज)सम्मको तथ्यांकले १४ वटा जीवन बीमकले ७ खर्ब ८९ अर्ब ८२ करोड ८२ लाख रुपैयाँ लगानी गरेको पाइएको हो। तथ्यांकअनुसार विभिन्न क्षेत्रमा नेपाल लाइफको लगानी सर्वाधिक देखिएको छ। यो कम्पनीले मात्रै २ खर्ब २ अर्ब ५८ लाख रुपैयाँ लगानी गरेको छ।

कुन क्षेत्रमा कति लगानी ?

  • नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा ९ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ
  • वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा ५ खर्ब ४४ अर्ब ८७ करोड ७६ लाख रुपैयाँ
  • पूर्वाधार बैंकको मुद्दति निक्षेपमा ७ अर्ब १७ करोड रुपैयाँ
  • विकास बैंकहरुको मुद्दति निक्षेपमा ४६ अर्ब ९१ करोड ७८ लाख रुपैयाँ
  • फाइनान्स कम्पनीहरुको मुद्दति निक्षेपमा ६ अर्ब ७५ करोड २५ लाख रुपैयाँ
  • घरजग्गामा ७५ करोड ८१ लाख रुपैयाँ
  • सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा ३७ अर्ब ७१ करोड ४ लाख रुपैयाँ
  • बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ७१ अर्ब १ करोड ६ लाख रुपैयाँ
  • सूचीकृत पब्लिक कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्रमा ११ अर्ब २७ करोड ८७ लाख रुपैयाँ
  • कृषि उत्पादन तथा वितरण, शीत भण्डार, गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायत वीकरणीय ऊर्जा परियोजना, केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्यमा ११ अर्ब ६९ करोड ३० लाख रुपैयाँ
  • नागरिक लगानी कोष र म्युचुअल फन्डमा ८ अर्ब ३२ करोड ६६ लाख रुपैयाँ
  • इन्भेस्टमेन्ट कम्पनीको शेयरमा २ अर्ब ७३ करोड ७० लाख रुपैयाँ
  • अन्य संस्थापक शेयरमा १६ अर्ब ३२ करोड ५० लाख रुपैयाँ
  • सूचीकृत नभएका अन्य पब्लिक कम्पनीको शेयरमा १ अर्ब ६७ करोड ४ लाख रुपैयाँ
  • अन्य लगानीः १२ अर्ब ८६ करोड ५२ लाख रुपैयाँ

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top