चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुनको मूल्य एकै दिन ३५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढेको हो । त्यस्तै चाँदीको मूल्यमा पनि आज नयाँ कीर्तिमान कायम भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ५६ हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्यले नयाँ कीर्तिमान कायम भएको छ । अघिल्लो दिन पनि रेकर्ड कायम गरेको चाँदीको मूल्य आज १०० रुपैयाँले बढेर फेरि नयाँ रेकर्ड कायम भएको हो । आज चाँदीको मूल्य तोलाको ३ हजार ९०५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ३ हजार ८०५ रुपैयाँ रहेको थियो । 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top