कर्पाेरेट डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा, के-के छन् प्रस्ताव ?

काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडले १८ औँ साधारणसभाको मिति घोषणा गरेको छ । बैंकको माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन १० गते पर्साको वीरगंजस्थित बैंकको प्रधान कार्यालयमा १८औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । 

सो सभाले गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । त्यसैगरी अन्य बैंक र वित्तीय संस्थासँग मर्जरमा जाने, बैंकको हाल कायम संस्थापक र सर्वसाधारण सेयर अनुपात ७०ः३० रहेकोमा त्यसलाई परिवर्तन गरी संस्थापक र सर्वसाधारण सेयर अनुपात ६०ः४० बनाउने र बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

बैंकको यस साधारणसभामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा माघ २८ गतेसम्म कायम सेयरधनीहरू मात्रै सहभागी हुन सक्नेछन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top