काठमाडौं । कुमारी बैंक लिमिटेडले ३९ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै ३९ हजार ४१२ कित्ता संस्थापक सेयर बिक्रीमा रोखको हो ।
उक्त सेयरमा हाल कायम विद्यमान संस्थापकहरुले मात्रै आवेदन दिन पाउने छन् । इच्छुक सेयरधनीहरुले ३५ दिन भित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा कुमारी बैंकको केन्द्रीय कार्यालय टंगालमा आइपुग्ने गरि आवेदन दिनु पर्ने छ ।
सो सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ । म्याद भित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।



