सीडीएससीका सीईओ पन्दाकलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्नो सहायक कम्पनी सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का प्रबन्ध सञ्चालक तथा कार्यकारी प्रमुख प्रवीण पन्दाकलाई पदबाट हटाएको छ । आज बसेको नेप्से सञ्चालक समितिको बैठकले पन्दाकलाई सीडीएससीको जिम्मेवारीबाट मुक्त गर्दै पुनः नेप्सेमै फिर्ता बोलाउने निर्णय गरेको हो ।

पन्दाकको यो नियुक्ति सुरुदेखि नै विवादित र संस्थागत सुशासनको सिद्धान्त विपरीत रहेको भन्दै आलोचना हुँदै आएको थियो । तत्कालीन नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर कार्कीले आफ्नो कार्यकाल सकिनै लाग्दा पन्दाकलाई सीडीएससीको जिम्मेवारीमा पठाएका थिए । गत भदौ ७ गते पूर्णप्रसाद आचार्यको कार्यकाल सकिएपछि सीडीएससीमा सीईओ पद खाली भएको थियो । 

अस्थायी वा निमित्त जिम्मेवारी दिनुपर्ने ठाउँमा सिधै चार वर्षको कार्यकाल तोकेर गरिएको उक्त नियुक्ति नियमसम्मत नदेखिएको भन्दै नेप्सेको वर्तमान नेतृत्वले उनलाई फिर्ता बोलाएको हो । पन्दाकलाई नेप्सेमै फिर्ता बोलाइएपछि अब सीडीएससीको नेतृत्व र रिक्त भएको छ । 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top