– ओमधर शर्मा राजोपाध्याय
मंसिर पुर्णिमा अन्योल घटना तथा परिघटना समय र परिस्थितिले हामीलाइ पाठ सिकाइ रहेको हुन्छ जुन कुरा थम्याउन नसकिन्दा सिक्न र बुझ्नबाट हामी बन्चित हुन पुग्छौ ।
सन्दर्भ :- मंसिर पुर्णीमा अन्योलको अवस्था । यस बर्षको मंसिर पुर्णिमा पनि विवादित रहित हुन सकेन ।चन्द्रमाको दिनानुसार लिने समुहलाइ खास अन्योल छैन ।२०८२ मंसिर १८ गते विहिवार नै पुर्णिमा हो। यो दिन नेवार समुदायले यो- मर्ही पर्व अन्य समुदायले उभौली पर्व र धान्य पुर्णिमा मनाउन सकिने नेपाल सरकारको आधिकारी पंचाङ्गमा उल्लेख छ।तर सुर्य सिदान्त अनुसार पर्व मनाउने समुहलाइ निकै अप्ठ्यारो देखिन्छ सुर्य सिदान्तानुसार सुर्य जुन तिथि लिइ उदय हुन्छ त्यही तिथि मानिने समूह कहिले मनाउछ होला भन्ने जिग्यासा ? वि.सं २०८२ मंसिर १८ गते विहीवार सुर्य उदयकाल विहान ६:४१ बजे हुन्छ ।
सुर्य उदाउदा सुर्यले चतुर्दशी तिथि लिई उदाउने हुँदा सुर्य छोएको तिथि नै दिनभर भन्ने समुहको लागि १८ गते पुरै चतुर्दशी हुने भयो अब भोलि पल्ट १९ गते पुर्णीमा मनाउन पनि मिलेन सुर्य उदय हुँदा शुक्रबार सुर्यले परेवा (प्रतिपदा) ६:४१ मा उदाउछ अब त्यो दिन प्रतिपदा नै दिन भर नै हुने भयो त्यसो भए कहिले गर्ने भन्ने अन्योल निराकरण लागि सुर्य सिदान्त आधारित चाड पर्व मनाउने मान्यजनलाइ छोड्न चाहन्छु । यस्तै खगोलिय घट्नाले गर्दा हाम्रो चाडपर्व मनाउन अप्ठ्यारो हुन गएकोले सुर्य गणनामा निर्माण भएका सम्वतलाइ राज्यले अंगाल्न सकेन जनमानसमा अलोकप्रीय हुन गयो र राज्यले हटाउन वाध्य भएर विक्रम संम्वत चलन चल्तीमा ल्याए ।
खगोलिय हिसाब तथा ज्योतिष दृस्टी वाट पनि विक्रम संम्वत बैग्यानिक हुनुको साथै बुझ्न पनि सहज भएकोले नेपालमा विक्रम संम्वत लागू गरिएको यसै बाट हाम्रो चाड पर्वहरु निर्णय गरेको देखिन्छ र शास्त्रले पनि चन्द्रमासको महिनालाइ नै निर्देशन गरेको देखिन्छ ।


