नामिबियासँगकाे पराजय पछि के भने प्रशिक्षक र कप्तानले

सयपत्रिखवर 2024-02-25
img

  sayapatrikhaber.com

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको पहिलो सिरिजको आफ्नो तेस्रो खेलमा नेपाली टोली पराजित भएको छ । नेपाल पहिलो खेलमा पराजित भएको नामिबियासँग आज पनि पराजित भएको हो । 

अघिल्लो खेलमा ४ विकेटले पराजित भएको नेपाल आजको खेलमा २ विकेटले पराजित भएको हो । नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ८ विकेट गुमाएर पुरा ग¥यो । नामिबीयाको जितमा कप्तान गेर्हार्ड इरास्मसले अर्धसतक प्रहार गरे । उनले टोलीका लागि सर्वाधिक ५२ रनको पारी खेले । त्यस्तै जेजे स्मिथले पनि ३४ रनको महत्वपूर्ण योगदान दिए । त्यस्तै माइकल भ्यान लिङ्गेन ३१ रन बनाए । नेपालका लागि कुसल भुर्तेलले सर्वाधिक ३ विकेट लिए पनि टोलिको हार टार्न सकेनन् । त्यस्तै कप्तान रोहित पौडेल, दीप्रेन्द्र सिंह ऐरी, ललित नारायण राजबंशी र कुसश मल्लले १–१ विकेट लिए । 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभर १ बलमा अलआउट हुँदै १६८ रन बनाएको थियो । नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ५८ रनको अर्धशतकीय पारी खेले । त्यस्तै कुसल मल्लले ३६ रन बनाए । भिम सार्कीले २६ रनको पारी खेले भने कुसल भुर्तेलले १८ रन बनाए । 

नेपाललाई सस्तैमा रोक्ने क्रममा नामिबियाका जन निकोल लोफ्टी–इटन र बर्नार्ड शोल्ट्जले समान ४–४ विकेट लिए । 

पराजय पछि के भने कप्तान र प्रशिक्षकले 

भिडियो हेर्न यो link मा click गर्नुहोला ..

Related Post

Advertisement