श्रृङखलाको बिश्वमा नेपाल चिनाउने भिडियो भाइरल

सयपत्रिखवर 2018-11-22
img

  Sayapatrikhabar

काठमाडौं । मिस नेपाल–२०१८’ श्रृखंला खतिवडा ‘मिस वर्ल्ड–२०१८’मा भोटिङमा एक नम्बरमा छिन् । ‘मिस वर्ल्ड–२०१८’को फाइनल यही मंसिर २२ गते चीनमा हुँदैछ । उक्त प्रतियोगिताका विभिन्न चरणमध्ये अहिले भोटिङ भइरहेको छ ।सामाजिक सञ्जालमार्फत् भोटिङ खुला गरिएको छ । सामाजिक सञ्जाल ‘मोभस्टार’मा गएर श्रृंखलाको तस्बिर तथा भिडियोमा लाइक, सेयर तथा कमेन्ट गरेका आधारमा भोट काउन्ट हुन्छ । यस्तै, फेसबुकमा गएर लाइक, कमेन्ट र सेयर गरेको खण्डमा पनि भोट काउन्ट हुने व्यवस्था मिलाइएको छ ।विश्वका १२२ देशका सुन्दरीहरु प्रतियोगितामा सहभागी छन् । यो समाचार तयार पार्दासम्म १२१ देशका प्रतिस्पर्धीलाई पछि पार्दै श्रृंखला अनलाइन भोटिङमा एक नम्बरमा छिन् । श्रृंखलाले ५८ हजार ८१६ भोट पाएकी छन् । सामाजिक सञ्जालमा उनलाई ५८ हजार ८१६ पटक खोजिएको छ ।

भिडियो हेर्न यो link मा click गर्नुहोला ..

https://www.youtube.com/watch?v=nPt8bK2gbaU

नेपालपछि दुई नम्बरमा फ्रान्स छ । फ्रान्सकी सुन्दरीको सामाजिक सञ्जाल ३० हजार २१० पटक खोजिएको छ । तीन नम्बरमा अमेरिकाकी सुन्दरी छिन् । उनको सामाजिक सञ्जाल २० हजार ७१० पटक खोजिएको पाइएको छ । श्रृंखलाले सामाजिक सञ्जालबाट आफूलाई भोट गर्न आग्रह गरेकी छन् । जतिसक्दो धेरै आफ्ना तस्बिरमा लाइक, कमेन्ट र सेयर गर्न उनले आग्रह गरेकी छन् । सामाजिक सञ्जालमा लोकप्रियलाई सिधै सेमिफाइनलमा प्रतिस्पर्धा गर्न दिइने बताइएको छ ।उनले प्रतिस्पर्धी विभिन्न देशका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न र गीत गाउन आग्रह गर्दै भिडियो पोस्ट गरेकी छन् । उनले आफ्नो भिडियोमा आफूलाई भन्दा पनि नेपालको सुन्दरतालाई देखाएकी छन् । बौद्ध स्तुपदेखि सगरमाथासम्मलाई भिडियोमा समावेश गरेकी छन् उनले ।

 

Related Post

Advertisement