नेप्से सामान्य अंकले सकारात्मक

सयपत्रिखवर 2020-01-29
img

  sayapatrikhabar.com

मंगलबार सेयरबजार सामान्य अंकले सकारात्मक रह्यो । नेप्से सामान्य अंकले सकारात्मक रहे पनि कारोबार भने डेढ अर्बनजिक पुग्यो । अघिल्लो दिन नेप्सेमा दोहोरो अंकको वृद्धि आएपनि कारोबार अर्ब तलै थियो । यसदिन बढीजसो समूह सकारात्मक रहे । होटल, व्यापार, जलविद्युत् र वाणिज्य बैंक समूहबाहेक अरु सबै समूह सकारात्मक रहेका हुन् ।

जीवनबिमा समूहमा सबैभन्दा उच्च १५९ अंकको वृद्धि आयो । निर्जीवन बिमा समूह पनि १४० अंकले उकालो लाग्यो । लघुवित्त समूह पनि ४२ अंकले बढ्दा अरु भने नगन्य अंकले मात्र हरियो रहेका हुन् । होटल र व्यापार समूहमा दोहोरो अंकको कमी आयो । यसदिन नेपाल स्टक एक्सचेन्जमा १७८ कम्पनीका ३७ लाख ४० हजार बराबर कित्ता सेयर एक अर्ब ४० करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

Related Post

Advertisement