साउथ क्यारोलिनामा डोनाल्ड ट्रम्पको जित

सयपत्रिखवर 2024-02-25
img

  sayapatrikhaber.com

काठमाडौं । अमेरिकामा यस वर्षको अन्त्यमा हुन लागेको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीको उम्मेदवार बन्ने दिशामा डोनाल्ड ट्रम्पले साउथ क्यारोलिनामा महत्वपूर्ण जित हासिल गरेका छन् ।

पार्टीको प्राथमिक चुनावमा ट्रम्पले अन्तिम प्रतिस्पर्धी निक्की हेलीलाई पनि हराए । निक्की हेली साउथ क्यारोलिनाको गभर्नर भइसकेकी नेता हुन् । निक्कीले ट्रम्पलाई बधाई दिंदै चुनावी अभियान जारी राख्ने बताएकी छन् ।

यससँगै ट्रम्पले लगातार चौथो राज्यमा जित हासिल गरेको र रिपब्लिकन पार्टीको गढ मानिने राज्यमा ट्रम्पले राम्रो मत पाएको बीबीसीले जनाएको छ ।

साउथ क्यारोलिनामा पार्टीको तर्फबाट विजयी भएपछि ट्रम्पले भनेका छन्, ‘यो कमालको साँझ हो । हामी करिब १५ मिनेटसम्म खुसी मनाउने छौं र फेरि काममा जुट्ने छौं ।’ साउथ क्यारोलिनामा ट्रम्पले जित्ने सर्वेक्षण पहिले नै सार्वजनिक भएको थियो ।

Related Post

Advertisement