पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षकाे कैद सजाय

सयपत्रिखवर 2024-01-30
img

  sayapatrikhaber.com

काठमाडौं । पाकिस्तानको विशेष अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई साइफर केस अर्थात् राज्यको गोप्य सूचना चुहाएको आरोपमा १० वर्षको कैद सजाय सुनाएको छ । अदालतको यो फैसलाले इमरान खानलाई ठूलो झट्का लागेको छ । 

उनी आमचुनावमा प्रतिस्पर्धा गर्ने तयारी गर्दै थिए । पाकिस्तानमा आउँदो फेब्रुअरी ८ मा आमचुनाव हुँदैछ । इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ई–इन्साफ (पीटीआई) ले विशेष अदालतलको फैसलालाई लिएर उच्च अदालतमा अपिल गर्ने बताएको छ ।

इमरान खानले आफूविरुद्ध लगाइएको आरोप आफ्नो सरकारलाई ढाल्ने अमेरिकी षड्यन्त्र भएको दाबी गरिरहेका छन् । विश्वासको मत पाउन नसकेपछि उनी सन् २०२२ मा उनी पदबाट हट्नुपरेको थियो ।

Related Post

Advertisement