सिंगटी हाईड्रो इनर्जी लिमिटेड र मुक्तिनाथ क्यापिटल लिमिटेड बीच हकप्रद निष्काशन सम्बन्धी सम्झौता

काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेड र मुक्तिनाथ क्यापिटल लिमिटेड बीच हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध सम्बन्धी सम्झौता सम्पन्न भएको छ । एक कार्यक्रमका बिच सिंगटी हाईड्रो इनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध संचालक सुदिप खड्का र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको १ः१ को अनुपातमा रू १०० अंकित दरको जम्मा ३,०४,५०,००० कित्ता हकप्रद साधारण सेयर निष्काशन गर्ने पारित भएको थियो । कम्पनीले उक्त निष्काशनबाट प्राप्त रकम अन्य हाइड्रोपावर कम्पनीहरुबाट प्रवर्धन गरेको ६१.११ मेगा वाटको नारखोला जलविद्युत आयोजना, ८६.५९ मेगा वाटको लान्द्रुक मोदी जलविद्युत आयोजनामा लगानी गर्न प्रयोग गरिने कम्पनीका प्रबन्ध संचालकले जानकारी गराएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top