प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आज

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माको संसदीय सुनुवाइ आज हुँदैछ । संवैधानिक परिषद्ले गएको वैशाख २४ मा शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

लगत्तै संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो । डा. शर्माविरुद्ध १६ वटा उजुरी परेका छन् । संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले न्यायालयमा अन्योल बढेकाले शीघ्र सुनुवाइ हुन लागेको जानकारी दिए । प्राप्त उजुरी खोल्नका लागि आज बिहान ८ बजेका लागि संसदीय सुनुवाइ समितिको बैठक राखिएको छ । उजुरी खोलेर सांसदहरूलाई वितरण गरिनेछ । 

त्यसपछि उजुरीकर्तासँग छलफल गरिनेछ । सुनुवाइपछि अनुमोदन भए राष्ट्रपतिले शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने छन् । 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top