काठमाडौं प्रशासनको सूचना – नमानेमा भत्काइने, क्षति आफैंले बेहोर्नुपर्ने

काठमाडौं । सरकारले नदी किनारमा अवैध रूपमा बसोबास गर्दै आएका सुकुम्वासीलाई दुई दिनभित्र हटाउने र उनीहरूको दीर्घकालीन व्यवस्थापन गर्ने तयारी गरेको छ। तत्कालका लागि उनीहरूलाई अस्थायी आवासको व्यवस्था गरिने र त्यसपछि वास्तविक सुकुम्वासीको पहिचान गरी उपयुक्त बसोबासको प्रबन्ध मिलाइने योजना छ।

यसै योजनाअनुसार आज जिल्ला प्रशासन कार्यालयले ६ बुँदे सूचना जारी गर्दै साँझ ७ बजेसम्म सबै अवैध घरटहरा खाली गर्न निर्देशन दिएको छ।

यस्ता घर टहरामा भएका आफ्ना निजी सरसामान, लत्ताकपडा, घरपालुवा पशुपंक्षी सुरक्षित स्थानमा तत्काल सार्न सूचनामा भनिएको छ। घरटहरामा बसोबास गर्ने अपांग, बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धा एवं बिरामी व्यक्तिहरुलाई प्राथमिकता दिएर अन्यत्र सार्न आग्रह गरिएको छ । यस कार्यका लागि पनि काठमाडौं महानगरीय प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको मद्दत लिन सुझाव दिइएको छ ।  सूचनाअनुसार भोली बिहान ६ बजेदेखि घर–टहराहरु भत्काउने र अतिक्रमित जग्गा पूर्णरुपमा खाली गर्न थालिने छ । 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top