रियल म्याड्रिड शीर्ष स्थानमा

काठमाडौं । रियल म्याड्रिडले रियल सोसिडाडलाई ४–१ ले हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। दुई महिनापछि पहिलो पटक सुरुआती टोलीमा परेका ट्रेन्ट अलेक्जेन्डर–आर्नोल्डले खेलको पाँचौँ मिनेटमै उत्कृष्ट क्रस दिएका थिए। उनको पासमा गोन्जालो गार्सियाले गोल गर्दै रियललाई अग्रता दिलाए।

२१औँ मिनेटमा सोसिडाडका मिकेल ओयारजाबालले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। तर त्यसको चार मिनेटपछि रियलले पनि पेनाल्टी पायो। भिनिसियस जुनियरलाई फाउल गरेपछि उनले नै पेनाल्टीमा गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए। ३१औँ मिनेटमा फेडेरिको भाल्भेर्डेले शक्तिशाली प्रहारमा गोल गर्दै अग्रता बढाए।

४८औँ मिनेटमा भिनिसियस जुनियरले फेरि पेनाल्टीमार्फत गोल गरेपछि रियलले सहजै खेल जित्यो । यो जितसँगै रियल दोस्रो स्थानको बार्सिलोनाभन्दा २ अंकले अगाडि रहँदै शीर्ष स्थानमा पुगेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top