नेपाल क्रिकेट संघद्वारा पाठकलाई महिला टिमको प्रमुख प्रशिक्षकमा नियुक्त

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय प्रशिक्षक हर्शल जयन्त पाठकलाई नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ।

क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, प्रमुख प्रशिक्षक पाठक यसअघि थाइल्यान्ड महिला राष्ट्रिय क्रिकेट टिमको नेतृत्व गरिसकेका अनुभवी प्रशिक्षक हुन्।

नेपाली महिला राष्ट्रिय टिम हाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को कार्यक्रमअनुसार जनवरी १२ देखि फेब्रुअरी १, २०२६ सम्म काठमाडौँमा आयोजना हुने आईसीसी महिला टी-२० ग्लोबल क्वालिफायरको तयारी शिविर (क्याम्प) मा रहेको क्यानले जानकारी दिएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top