नेशलन लाइफले बीमितलाई ६० देखि ८५ रुपैयाँसम्म बोनस दिइने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षको बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेसँगै कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

नयाँ बोनसदर अनुसार सावधिक बीमा योजना अन्तर्गतका बच्चाको शिक्षा एवं विवाह बीमा योजना, सामूहिक सावधिक अमृत बीमा योजना, भविष्य वृत्ति बीमा योजना, दम्पति अमृत सावधिक बीमा योजना, एकल सावधिक अमृत बीमा योजना, बचत अमृत सावधिक बीमा योजना, सावधिक अमृत बीमा योजना, सन्जीवनी अमृत सावधिक बीमा योजना, एकल सन्जीवनी सावधिक बीमा योजना र जीवन श्री सावधिक आजीवन बीमा योजनामा बीमा अवधि अनुसार न्यूनतम ६४ रुपैयाँदेखि अधिकतम ८६ रुपैयाँसम्म बोनस दिइने भएको छ ।

त्यसैगरी अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गतका अग्रिम भुक्तानी सावधिक बीमा योजना, बाल भाग्योदय अग्रिम भुक्तानी बीमा योजना, अमृत वर्षा अग्रिम भुक्तानी सावधिक बीमा योजना, एकल अमृत वर्षा अग्रिम भुक्तानी सावधिक–२ र अमृत श्री अग्रिम भुक्तानी बीमा योजनामा बीमा अवधि अनुसार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बीमितले बोनस पाउने भएका छन्।

यता सावधिक तथा आजीवन बीमालेख अन्तर्गतको जीवन अमृत आजीवन सावधिक बीमा योजनामा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म, बाल अमृत सावधिक जीवन बीमालेख अन्तर्गतका बाल अमृत सावधिक बीमा योजना–१,२,३,४ र एकल बाल अमृत सावधिक बीमा योजनाका सबै बीमा अवधिमा समान ६० रुपैयाँ र अग्रिम भुक्तानी आजीवन बीमालेख अन्तर्गतको अमृत श्री अग्रिम भुक्तानी आजीवन बीमालेखका सबै बीमा अवधिमा पनि समान ६० रुपैयाँ प्रतिहजारका दरले बोनस दिइने भएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top