गत साता साढे ४ प्रतिशत बढेको नेप्से, यस साता के होला ?

काठमाडौं । गत साता सबै कारोबार दिन बढेर बन्द भएको सेयर बजार यो साता कस्तो रहला भन्ने आम चासो रहेको छ । गत साता नेप्से परिसूचक ४.५२ प्रतिशतले बढेर कारोबार भएको थियो । अघिल्लो साता २५६०.२९ विन्दुमा बन्द भएको नेप्से गत ११५.७४ अंक बढेर २६७६.०३ विन्दुमा पुगेको थियो । 
गत साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये पाँचै कारोबार दिन नेप्से बढेर कारोबार भएको थियो । बजारका लागि आवश्यक सबै सूचक सकारात्मक रहेकाले बजार बढेको लगानीकर्ताहरुले बताएका छन् । पछिल्लो समय राजनीतिक रुपमा पनि केही स्थिरता देखिएकाले बजार बढ्नमा सहयोग पुगेको उनीहरुको भनाइ छ । आगमी दिनमा नेप्से परिसूचक २८०० विन्दु देखि २८६० सम्म पुग्न सक्छ भने घटेको अवस्थामा २४४० देखि २४९० विन्दुुम्म पुग्ने सक्ने देखिन्छ । 

अहिले बजारमा तरलता पनि प्रसस्त रहेको र कम ब्याजदरमा नै कर्जा उपलब्ध रहेकाले राजनीतिक रुपमा स्थिरताको संकेत हुन वित्तिकै बजारले उच्च विन्दुको रेकर्ड कायम गर्न सक्ने अवस्था रहेको लगानीकर्ताहरुको भनाइ छ । अर्को तर्फ नेपाल राष्ट्र बैंकको मौद्रिकि नीतिको समीक्षालाई पनि बजारले कुरेको लगानीकर्ताहरुले बताएका छन् । मौद्रिक नीतिको समीक्षामा लचीलो व्यवस्था गरेमा बजार बढ्ने नत्र बजार फेरि पहिलेकै अवस्थामा रहने सम्भावना पनि रहेको उनीहरुको भनाइ छ । 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top