गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा हल्का वर्षा र हावाहुरीको सम्भावना

सयपत्रिखवर 2024-04-06
img

  sayapatrikhaber.com

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ।

गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा  बाँकी तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

Related Post

Advertisement