वेस्ट इन्डिज ‘ए’ विरुद्धको सिरिज : दोस्रो खेलमा नेपाल पराजित 

सयपत्रिखवर 2024-04-28
img

  sayapatrikhaber.com

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको दोस्रो टि–२० खेलमा नेपाली टोली पराजित भएको छ । नेपाली टोली पाहुना टोलीसँग १० रनले पराजित भएको हो । 

पहिलो खेलमा ४ विकेटको जित निकालेको घरेलु टोलीले आजको खेल भने पराजय भोगेको हो । जितका लागि १६१ रनका लक्ष्य पछ्याएको नेपालले निर्धारीत ओभरमा ९ विकेट गुमाएर १५० रन मात्रै बनाउन सक्यो । 

नेपालका लागि आजको खेलमा पनि कप्तान रोहति कुमार पौडेलले कप्तानी पारी खेले । उनले टोलीका लागि नटआउट ७१ रनको पारी खेले पनि टोलीको हार टार्न सकेनन् । त्यस्तै गुल्सन झाले २६ रन बनाए । लोकेश बमले १७ रन बनाए भने आरिफ शेखले १२ रनको पारी खेले । 

नेपाललाई सस्तैमा रोक्ने क्रममा पाहुना टोलीका गुडाकेश मोती र ओबेद म्याक्यले समान २–२ विकेट लिए । त्यस्तै ओशाने थोमस र रोस्टन चेस एक–एक विकेट लिए । 

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १६० रन बनाएको थियो । वेस्ट इन्डिज ‘ए’ का आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए । यस्तै गुदाकेश मोटीले ३३ रन बनाए । नेपालका सागर ढकाल र कुशल भुर्तेलले समान २ विकेट लिए । यस्तै सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

Related Post

Advertisement