नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पहिलो खेल आज 

सयपत्रिखवर 2024-04-27
img

  sayapatrikhaber.com

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पहिलो टि–२० खेल आज हुदै छ । दुइ टोली बीच पाँच खेलको टी–२० क्रिकेट सिरिज आजदेखि सुरु हुने भएको हो । खेल दिउँसो सवा १२ बजेदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ ।

यस्तै दोस्रो खेल पर्सि आइतवार, तेस्रो खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ । सबै खेल कीर्तिपुरमै हुनेछ । नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ ।

वेस्ट इन्डिज पहिलो पटक नेपाल भ्रमणमा आएको हो । यो शृङ्खलाका लागि दुवै टोलीले खेलाडी घोषणा गरिसकेका छन् । नेपाली टोली रोहित पौडेल र वेस्ट इन्डिज ‘ए’ रोस्टन चेसको कप्तानीमा खेल्दैछ ।
 

Related Post

Advertisement