नदीमाथि विमान सुरक्षित अवतरण 

सयपत्रिखवर 2024-03-05
img

  sayapatrikhaber.com

काठमाडौं । रुसमा पोलार एयरलाइन्सको एउटा जहाज पाइलटको गल्तीका कारण कोलिमा नदीमाथि अवतरण भएको छ । चालक दलका ४ सहित ३० यात्रु रहेको विमान चालकको गल्तीका कारण नदीमा अवतरण भएको हो । 

विमानमा भएका  यात्रीको भाग्य बलियो रहेछ । किनभने जहाज अवतरण भएको उक्त नदी चिसोका कारण पूर्ण रूपमा जमेको थियो । यो घटना सन् २०२३ को डिसेम्बर २४ को हो । विमानमा कुनै पनि क्षति पुगेको छैन र कसैलाई पनि चोटपटक पनि लागेन । रुसी एयरलाइन्सका अनुसार उक्त जहाज याकुत्स्क–जायर्यंका–स्रेडनेकोलिम्स्क रुटमा उडेको थियो । ‘एन्टोनोभ २४ फ्लाइट’ को सो विमानले याकुतिना क्षेत्रमा जिर्यंका विमानस्थलमा अवतरण गर्नुको साटो नदीमै अवतरण गर्‍यो ।

पोलार एयरलाइन्सका अनुसार उक्त घटनामा चालकदलका सदस्यको गल्तीका कारण विमान रनवेको साटो जमेको नदीमाथि अवतरण भएको हो।   

Related Post

Advertisement