एक सातामा ६७ सयले बढ्यो सुनको मूल्य

सयपत्रिखवर 2025-05-10
img

  sayapatrikhaber.com

काठमाडौं । यस साता सुनको मूल्य प्रतितोला ६ हजार ७०० रुपैयाँ बढेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला १ लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, साताको अन्तिम दिन १ लाख ९० हजार ८०० रुपैयाँ पुगेको हो ।

पछिल्लो समय अमेरिकाको चीनसँगको व्यापार युद्ध यथास्थितिमा रहनु, ट्यारिफ दरहरु निषेधात्मक रुपमा उच्च रहेको साथै ट्रम्पको अमेरिकी आर्थिक सुधारको नीति लगायत स्टक मार्केटमा सुधारको नीति, फेडरल बैंकमा ब्याजदर कटौती लगायतका कारणहरुले अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव हुँदा नेपाली बजारमा पनि त्यसको प्रभाव परेको हो ।

यस साता चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला १ हजार ९१० रुपैयाँमा कारोबार भएको चाँदी, शुक्रबार १ हजार ९६० रुपैयाँ कारोबार भएको छ ।

 

Related Post

Advertisement