राष्ट्र बैंकबाट एकै वर्षमा १५ भुक्तानी प्रणाली तथा सेवा प्रदायकले पाए अनुमति

सयपत्रिखवर 2020-06-19
img

  ictsamachar

काठमाडौ : नेपालमा पछिल्लो समय डिजिटल कारोबारका सेवा प्रदायकका सेवाहरु बढेसँगै प्रयोगकर्ताहरु पनि बढिरहेका छन । गत जेठ मसान्तसम्म मोवाइल वालेट अर्थात भुत्तानी सेवा प्रदायकहरु १४ वटा पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । 

राष्ट्र बैंकले भुत्तानीमा दुइ प्रकारका सेवाहरुलाई अनुमति दिइको छ ।  भुत्तानी प्रणाली सञ्चालक (पिएसओ) जम्मा ९ वटाले अनुमति (लाइसेन्स) प्राप्त गरेका छन भने भुत्तानी सेवा प्रदायक (पिएसपी) १४ वटा रहेका छन । 

पिएसओमा नेपाल क्लियरिङ हाउस र स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडले २०७४ मा राष्ट्र बैंकबाट अनुमतीपत्र (लाइसेन्स) प्राप्त गरेका थिए । नेप्स, भिजा वल्र्डवाइड, युनियन पे, नेपाल पेमेन्ट सोलुसनले २०७६ सालको विभिन्न मितिमा लाइसेन्स प्राप्त गरेका थिए । यसैगरी मास्टरकार्ड एसिया, फोन पे र फस्ट पेले २०७६ मसिंरपछि लाइसेन्स प्राप्त गरि सञ्चालनमा रहेका छन । 

पिएसपीमा १४ मध्ये ८ वटाले २०७६ सालमा लाइसेन्स प्राप्त गरेका हुन । २०७६ मा लाइसेन्स प्राप्त गर्नेहरुमा खल्ती, मोरु, क्युपे, पे टाइम, स्मार्ट कार्ड, मोहर पे नेट कार्ड, इनेट पे र मोको रहका छन । यसैगरी २०७७ जेठ २९ गते कुराकानी पे प्रालिको कुराकानी पेले लाइसेन्स प्राप्त गरेको छ । नेपाल राष्ट्र बैंकले पेमेन्ट सेवा प्रदायकलाई लाइसेन्स दिने व्यवस्था गरेपछि दर्जनौ कम्पनीहरुले सेवा सञ्चालनको लागि आवेदन दिएका थिए ।

पहिलो लाइसेन्स प्राप्त भुत्तानी सेवा प्रदायक कम्पनी प्रभु टेक्नोलोजी प्रा.लि हो, यद्दपी इसेवाले विगत ११ वर्षदेखि डिजिटल पेमेन्ट सेवा सञ्चालन गर्दै आएको थियो । इसेवा र आइएमइ पेले प्रभु पेको भन्दा एक दिन पछाडी २०७४ असार ५ गते लाइसेन्स प्राप्त गरेका थिए । २०७५ सालमा लाइसेन्स प्राप्त गरेका दुइ सेवा प्रदायकहरुमा सेलपे र सिजी पे रहेका छन । 

लाइसेन्स प्राप्त गरेपनि कतिय सेवा प्रदायकहरुले आफ्नो सेवा सुरु गरिनसकेको देखिन्छ । अझै दर्जनौ कम्पनीहरु एलओआई प्राप्त गरी सेवा सुरु गर्न लाइसेन्सको पर्खाइमा रहेका छन ।   

 

Related Post

Advertisement