Google
सिमकार्डका विभिन्न प्रकारहरु
संसारमा पहिलो सिमकार्ड जर्मन कम्पनी Giesecke र Devrient द्धारा स.न. १९९१ मा बनाएका थिए र त्यो कम्पनीले ३०० वटा सिम फिनिश वायरलेस नेटवर्क अपरेटर रेडियोलिन्जालाई बेचेको थियो । त्यस समयबाट अहिले सम्म विभिन्न प्रकारका सिमकार्डहरु विकास गरिनुका साथै प्रयोगमा ल्याएको छ । आउनुहोस अब हामी अहिले सम्म विकासमा ल्याएका ५ प्रकारका सिमकार्डको बारेमा चर्चागरौ ।
१. Full Size
यो सिमकार्ड सं.न. १९९१ मा विकास गरिएको पहिलो सिमकार्ड थियो । यो सिमकार्ड अहिलेको क्रडिटकार्ड को जस्तो आकारको हुन्थ्यो जुन हामी वैंकहरुको प्रायेग गर्छौं । यो सिमकार्डको साइज ठूलो भएको कारण केही वर्षमै यो सिमकार्ड प्रयोगबाट वाहिरियो ।
२. Mini SIM Card
यो सिमकार्ड सं.न. १९९६ मा विकास गरिएको थियो । यो धेरै लोकप्रिय सिम हो जुन अहिले पनि प्रयोगमा आउने गरेको पाइन्छ । सं.न. २०१५ भन्दा अगाडि बनेका हरेक जस्तो मोवाइल फोनमा यो सिमकार्ड व्यापकरुपमा प्रयोग गरेको पाइन्छ ।
३. Micro SIM card
सं.न. २००३ मा यो सिमकार्डको विकास गरिएको थियो । Mini SIM Card भन्दा सानो भएको कारण यो लोकप्रिया हुन गयो । यसको आकार सानो भएको कारण मोवाइल फोनको आकारमा पनि परिर्वतन गर्न सजिलो भयो ।
४. Nano SIM Card
अहिले प्रयोगमा आइरहेको यो सिमकार्डको विकास सं.न. २०१२ मा गरिएको थियो । यो सिमकार्ड निकै सानो आकारको भएको कारण धेरैनै प्रयोगमा आएको देखिन्छ । अहिले अक्सर जतिपनि स्मार्टफोनहरु आउछन् सबै यहि सिमकार्डको स्लटका साथ आउदछ ।
५. Embedded SIM card:
यो सिमकार्डलाई eSIM को नामले पनि परिचित छ । यो सिम कुनै डिवाइस (स्मार्टफोन, टेबलेट) भित्र फिक्स्ड गरि राखिएको हुन्छ । यसमा रि प्रोग्राम गरि जानकारी हालिन्छ ।
यो सिम साधारण सिमकार्ड जस्तोहोईन जुन झिक्न र हाल्न मिल्छ । यो सिम स्मार्टफोको निर्माणको समयमा नै झिक्न नमिल्ने गरि जडान गरिएको हुन्छ । प्रायेगकर्ताहरुले नेटवर्क अपरेटर संग सम्पर्क गरि यो सिम प्रयोग गर्न सक्दछ ।
यो सिम पहिलो पटक एप्पलको iPhone x मा प्रयोगमा ल्याइएको थियो । Google Pixel 2, Pixel 3 मा पनि यो सिम सपोर्ट गर्दछ । निकट भविष्यमा यो सिमको बजार बढ्ने संभावना धेरै छ ।