यो साता कस्तो रहला शेयर बजार ? 

सयपत्रिखवर 2024-03-31
img

  sayapatrikhaber.com

काठमाडौं । गत साता दोहोरो अंकले आरोलो लागेर बन्द भएको शेयर बजार यो साता कस्तो रहला ? गत साता नेप्से परिसूचक १२ शदमलव ९३ अंक घटेर २०३५ दशमलव ६४ विन्दुमा झरेको थियो ।

गत साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये दुई कारोबार दिन नेप्से घटेको थियो भने दुई कारोबार दिन बढेको थियो। गत साता मंगलबार र बिहीबार नेप्से सामान्य अंक बढेको थियो।

हाल नेप्से परिसूचक ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ । यस साता नेप्से उकालो लागेमा २११५ देखि २१५० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ । त्यसैगरी, ओरालो लागेमा १९१५ देखि १९५० को क्षेत्रमा टेवा पाउने देखिन्छ ।

नेप्से घटेसँगै गत साता भोल्यूम पनि कमजोर रहेको छ । गत साता नेप्सेमा दैनिक औषतमा २ अर्ब ४३ करोडको शेयर खरिदबिक्री भएको थियो । साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ३ अर्ब ४ करोड रहेको छ । २० दिने औषत भोल्यूमको तुलनामा नेप्सेको दैनिक औषत भोल्यूम २०.०६ प्रतिशत कम हो ।
 

Related Post

Advertisement