एक दिन पनि टिकेन सेयर बजारको हरियाली, परिसूचक १२ अंकले घट्दा कारोबार रकम साढे ११ अर्ब माथि

सयपत्रिखवर 2025-05-08
img

  sayapatrikhaber.com

काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन उच्च अंकले बढेको सेयर बजार परिसूचक आज भने १२ दशमलव ०४ अंकले घटेर कारोबार बन्द भएको हो ।

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६६१ दशमलव ६४ विन्दुमा पुगेको छ । बिहीबार सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ९६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५० कम्पनीको सेयर मूल्य भने घटेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ३४ अंकले घटेर ४४८ दशमलव ८९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ५ वटा उपसूचकको परिसूचक बढेको छ भने ८ वटाको घटेको छ ।

नेप्से घटे पनि कारोबार रकममा भने आज सुधार देखिएको छ । अघिल्लो दिन साढे १० अर्ब माथिको कारोबार भएको बजारमा आज साढे ११ अर्ब माथिको कारोबार भएको छ । अघिल्लो दिन १० अर्ब ५१ करोड माथिको कारोबार भएको बजारमा आज ११ अर्ब ६५ करोड १७ हजार ८५१ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार सेयर बजारमा ३१५ कम्पनीका ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता सेयर १ लाख ३ हजार ३१९ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

४ कम्पनीमा सकारात्मक सर्किट

बिहीबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेर कारोबार बन्द हुँदा ९६ कम्पनीको सेयर मूल्य बढेर कारोबार भएको छ । सेयर मूल्य बढेका कम्पनीमध्ये आज ४ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको हो । आज नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स्, छ्याङ्दी हाइड्रोपावर र ओम मेगा फमासिटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा नेपाल माइक्रो लाइफको सेयर मूल्य २०३ रुपैयाँ १० पैसाले बढेर २ हजार २३४ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो ।

त्यस्तै आज क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य १६७ रुपैयाँ ९० पैसाले बढेर १ हजार ८४७ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको भन्दा १० प्रतिशतले नै बढी हो । आज छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात् ४५ रुपैयाँ ८७ पैसाले बढेर ५०४ रुपैयाँ ९० पैसा पुगेको छ । ओम मेगाश्रीको सेयर मूल्य पनि आज ३९ रुपैयाँ ५० पैसाले बढेर ४३४ रुपैयाँ ७० पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो ।

आज धेरै मूल्य बढ्ने शीर्ष पाँचौँ कम्पनीमा आइसीएफसी फाइनान्स कम्पनी रहेको छ । यो कम्पनीको सेयर मूल्य ९.७४ प्रतिशत अर्थात् ५७ रुपैयाँ ९९ पैसाले बढेर ६५३ रुपैयाँ १० पैसा पुगेको छ ।

धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा ३ वटा विकास बैंक र २ हाइड्रो  

बिहीबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेर कारोबार बन्द हुँदा १५० कम्पनीको सेयर मूल्य घटेको छ । सेयर मूल्य धेरै घट्ने शीर्ष पाँच कम्पनीमा ३ वटा विकास बैंक र २ वटा हाइड्रोपावर रहेका छन् ।

आज सेयर बजारमा धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा सिन्धु विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंक, तथा हिमालयन पावर पार्टनर र बुटावल पावर कम्पनी रहेका छन् । आज सिन्धु विकास बैंकको सेयर मूल्य ३८ रुपैयाँ ६३ पैसाले घटेर ८९१ रुपैयाँ ३८ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.१५ प्रतिशतले कम हो । त्यस्तै आज ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ३.८३ प्रतिशत अर्थात् ४५ रुपैयाँ ७५ पैसाले घटेर १ हजार १४८ रुपैयाँ ०९ पैसा पुगेको छ ।

त्यस्तै आज हिमालयन पावर पार्टनरको सेयर मूल्य १८ रुपैयाँ १७ पैसाले घटेर ५२५ रुपैयाँ १७ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.३४ प्रतिशतले कम हो । बुटवल पावर कम्पनीको सेयर मूल्य पनि आज ३.२९ प्रतिशत अर्थात् १७ रुपैयाँ ५५ पैसाले घटेर ५१६ रुपैयाँ ५५ पैसा पुगेको छ । आज आज नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ५० रुपैयाँ ९२ पैसाले घटेर १ हजार ५५३ रुपैयाँ ३२ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.१७ प्रतिशतले कम हो ।

Related Post

Advertisement