सेयर बजारमा झिनो अंकको सुधार, कारोबार रकम ८ अर्ब माथि

सयपत्रिखवर 2025-05-06
img

  sayapatrikhaber.com

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । अघिल्ला दुई दिन घटेको सेयर बजार आज १ दशमलव ०३ अंकले बढेर २६११ दशमलव ४३ विन्दुमा पुगेको हो ।

आज सेयर बजारमा १२० कम्पनीको सेयर मूल्य बढेको छ भने १२६ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव १३ अंकले बढेर ४४० दशमलव २६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ उपसूचकको सेयर मूल्य घटेको छ भने ५ वटाको सेयर मूल्य बढेको छ ।

आज सेयर बजारमा परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ । अघिल्लो दिन ७ अर्ब ६३ करोड माथिको कारोबार भएको बजारमा आज ८ अर्ब ७४ करोड ७६ लाख ६८ हजार ८४६ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३१८ कम्पनीका २ करोड ५ लाख ४२ हजार ७६४ कित्ता सेयर ८० हजार ५४ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
आज सेयर बजारमा ३ कम्पनीमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

३ कम्पनीमा सकारात्मक सर्किट

मंगलबार सेयर बजार परिसूचक सामान्य अंकले बढेर कारोबार बन्द भएको छ । १२० कम्पनीको सेयर मूल्य बढेको दिन ३ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको हो ।

आज नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आज नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मुल्य १६७ रुपैयाँ ८० पैसाले बढेर १ हजार ८४६ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो ।

आज क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा ९.९९ प्रतिशत अर्थात् १३८ रुपैयाँ ७० पैसाले बढेर १ हजार ५२६ रुपैयाँ ५० पैसा पुगेको छ । आज ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्य ३२ रुपैयाँ ६० पैसाले बढेर ३५९ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९८ प्रतिशतले बढी हो ।

आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा रीडी पावर कम्पनी र बुटवल पावर कम्पनी रहेका छन् । आज रीडी पावरको सेयर मूल्य २४ रुपैयाँ ७६ पैसाले बढेर २८२ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.६० प्रतिशतले धेरै हो । त्यस्तै आज बुटवल पारको सेयर मूल्य ७.१९ प्रतिशत अर्थात् ३२ रुपैयाँ ५६ पैसाले बढेर ४८५ रुपैयाँ ५७ पैसा पुगेको छ ।

विन नेपाल लघुवित्तमा नकारात्मक सर्किट

मंगलबार सेयर बजार सामान्य अंकले बढेर कारोबार हुँदा एउटा कम्पनीमा भने नकारात्मक सर्किट लागेको छ । आजको करोबार बन्द हुँदा विन नेपाल लघुवित्तमा नकारात्मक सर्किट लागेको हो ।

आज यो कम्पनीको सेयर मूल्य २८३ रुपैयाँ ३८ पैसाले घटेर २ हजार ५५१ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिन भन्दा १० प्रतिशतले कम हो । त्यस्तै आज धेरै मूल्य घट्ने पाँच कम्पनीमा सप्तकोशी डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टन, लक्ष्मी भ्यालु फण्ड २ र सनराइज बैंक डिबेन्चर ८३ रहेका छन् ।

आज सप्तकोशीको सेयर मूल्य ४६ रुपैइाँ ३७ पैसाले घटेर ८५३ रुपैयाँ ४६ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.१५ प्रतिशतले कम हो । त्यस्तै हिमालयन पावर पार्टनको सेयर मूल्य पनि आज ५.१८ प्रतिशत अर्थात् ३० रुपैयाँ १३ पैसाले घटेर ५५१ रुपैयाँ १७ पैसा पुगेको छ । आज लक्ष्मी भ्यालु फण्ड २ को सेयर ०.४५ रुपैयाँले घटेर ९ रुपैयाँ ९५ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.३३ प्रतिशतले कम हो ।  त्यस्तै आज सनराइज बैंक डिबेन्चरको सेयर पनि ४६ रुपैयाँले घटेर १ हजार ५९ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.१६ प्रतिशतले कम हो ।

Related Post

Advertisement