sayapatrikhaber.com
काठमाडौं । सोमबार पनि सेयर बजार परिसूचक घटेर कारोबार भएको छ । अघिल्लो दिन पनि सामान्य घटेको सेयर बजार परिसूचक आज ९ दशमलव ९८ अंकले घटेर कारोबार भएको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ९ दशमलव ९८ अंकले घटेर २६१० दशमलव ४० विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १५९ कम्पनीको सेयर मूल्य घटेको छ भने ८६ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ ।
आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ३६ अंकले घटेर ४४० दशमलव १३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ९ वटा उपसूचकको सेयर मूल्यमा गिरावट आएको छ भने ४ वटाको मात्रै बढेको छ । साताको सेयर कारोबार हुने दोस्रो दिन सोमबार नेप्से सँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ९ अर्ब ४४ करोड माथिको कारोबार भएको बजारमा आज ७ अर्ब ६३ करोड ४१ लाख ९३ हजार ६९३ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३१९ कम्पनीका १ करोड ८४ लाख ३७ हजार ९४२ कित्ता सेयर ६५ हजार ८८४ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये चार वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ भने एउटा कम्पनीमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
चार कम्पनीमा सकारात्मक सर्किट
सोमबार सेयर बजार परिसूचक घटेर बन्द भएको छ । १५९ कम्पनीको सेयर मूल्य घटेको दिन ८६ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । आज सेयर मूल्य बढ्ने कम्पनीमध्ये चार वटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आज नेपाल माइक्रो इन्स्योरेन्स, ओम मेगाश्री फर्मासिटिकल्स, सिटिजन सुपर ३० म्युचुअल फण्ड र क्रेस्ट माइक्रो लाइफमा सकारात्मक सर्किट लागेको हो । आज नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य १५२ रुपैयाँ ६० पैसाले बढेर १ हजार ६७८ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । त्यस्तै १० प्रतिशतले नै बढेको ओम मेगा फमासिटिकल्सको सेयर मूल्य २९ रुपैयाँ ७० पैसाले बढेर ३२६ रुपैयाँ ७० पैसा पुगेको छ ।
आज सिटिजन सुपर ३० को सेयर मूल्य पनि ०.९० रुपैयाँले बढेर ९ रुपैयाँ ९० पैसा पुगेको छ । यो पनि अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । त्यस्तै आज क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात् १२६ रुपैयाँ १० पैसाले बढेर १ हजार ३८७ रुपैयाँ ८० पैसा पुगेको छ । त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा विन नेपाल लघुवित्त रहेको छ । यो कम्पनीको सेयर मूल्य पनि आज अघिल्लो दिनको भन्दा ८.११ प्रतिशत अर्थात् २१२ रुपैयाँ ५८ पैसाले बढेर २ हजार ८३४ रुपैयाँ ४८ पैसा पुगेको छ ।
हिमालयन पावरको सेयर मूल्यमा नकारात्मक सर्किट
सोमबार सेयर बजार घटेर कारोबार भएको दिन एउटा कम्पनीमा भने नकारात्मक सर्किट लागेर कारोबार भएको छ । आज १५९ कम्पनीको सेयर मूल्य घटेको दिन हिमालयन पावर पार्टनरको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको हो । आज हिमालयन पावरको सेयर मूल्य ६४ रुपैयाँ ५५ पैसाले घटेर ५८१ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले कम हो ।
त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा रिभर फल्स पावर लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र बुटवल पावर कम्पनी रहेका छन् ।
आजको कारोबार बन्द हुँदा रिभर फल्सको सेयर मूय ३९ रुपैयाँ ९६ पैसाले घटेर ५५३ रुपैयाँ ११ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.४७ प्रतिशतले कम हो । त्यस्तै आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.६१ प्रतिशत अर्थात् १०६ रुपैयाँ ६१ पैसाले घटेर २ हजार २०६ रुपैयाँ पुगेको छ । आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ३८ रुपैयाँ ६९ पैसाले घटेर ८९९ रुपैयाँ ८३ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.०२ प्रतिशतले कम हो । आज बुटवल पावर कम्पनीको सेयर मूल्य पनि ३.७२ प्रतिशत अर्थात् १७ रुपैयाँ ४९ पैसाले घटेर ४५३ रुपैयाँ ०२ पैसा पुगेको छ ।