युरोपा लिगको उपाधिका लागि युनाइटेड र टोटनह्यम भिड्ने 

सयपत्रिखवर 2025-05-09
img

  sayapatrikhaber.com

काठमाडौं । युरोपा लिगको उपाधिका लागि दुई इग्लिस क्बल म्यानचेस्टर युनाइटेड र टोटनह्यामको भिड्ने भएका छन् । घरेलु लिगमा निकै निराशाजनक सिजन बिताइरहेका यी दुई टोलि युरोपा लिगको फाइनमा पुगेका हुन् । 

प्रिमियर लिगमा संघर्ष गरिरहे पनि यी दुई टोली अब च्याम्पियन्स लिगमा स्थान बनाउन एक खेल मात्रै टाढा छन् । युरोपको दोस्रो श्रेणीको प्रतियोगिता युरोपा लिगको फाइनलमा पुगेसँगै यी दुई टोलीले यस्तो अवसर पाएका हुन् । बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा युनाइटेडले ओल्ड ट्राफोर्डमा एथ्लेटिक बिल्बाओलाई ४–१ ले हराउँदै समग्रमा ७–१ को जित हात पार्‍यो । टोटनह्याले नर्वेमा बोडो÷ग्लिम्टलाई २–० ले हराउँदै समग्रमा ५–१ को जित निकाल्यो ।

यो सँगै सन् २०१९ मा चेल्सीले आर्सनललाई हराएर उपाधि जितेपछि दोस्रोपटक युरोपा लिगमा दुई इङ्लिस क्लबबीच फाइनल हुने भएको छ । बिल्बाओविरुद्धको खेलमा युनाइटेडले पहिलो हाफमा १–० ले पछि परेको थियो । तर, मेसन माउन्ट दोस्रो हाफमा बेञ्चबाट आएर दुई गोल गरेपछि टोलीले पुनरागमन ग¥यो । कासेमिरो र रासमस होइल्यान्डले पनि गोल गरे। टोटनह्यामका लागि डोमिनिक सोलान्के र पेड्रो पोरोले बोडो÷ग्लिम्टविरुद्ध गोल गरे । फाइनल मे २१ मा बिल्बाओमा हुनेछ । 

Related Post

Advertisement