दुई उपाधि दावेदारको क्वाटरफाइनल भिडन्त

सयपत्रिखवर 2024-07-05
img

  sayapatrikhaber.com

काठमाडौं ।  युरो २०२४ मा हालसम्म सबैभन्दा बलियो देखिएका दुई टोलीले क्वाटरफाइनलको सुरुवात गर्दैछन् । अलग जोश र घरेलु भूमिमा उपाधिका लागि तत्पर घरेलु टोली जर्मनी तथा युवा जोशले भरिपूर्ण स्पेन आज ९ः४५ बजे सेमिफाइनलमा स्थान बनाउनका लागि भिड्दै छन् ।

जर्मनीले १९९६ यता युरो कपको उपाधि जित्न सकेको छैन । युरो जितेयता विश्वकप कै उपाधि जितिसकेको जर्मनीले युरो कपमा भने सफलता पाएको छैन । यसपटक घरेलु टोलीका नाताले जर्मनीलाई उपाधि दावेदारको रूपमा नै हेरिएको थियो । यद्दपि २०२२ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको यस टोली माथि केही प्रश्नहरू उत्पन्न भने भइरहेका थिए ।

तर सो विश्वकप पश्चात जुलियन नागेल्समनलाई प्रशिक्षकका रूपमा भित्र्याएको कारण टोली बलियो बन्दै गएको थियो । रणनितीक रूपमा युवा भएपनि नागेल्समन विश्व फुटबलमा एक सक्षम प्रशिक्षकका रूपमा अडिएका छन् । त्यसमाथि जर्मनीको टोलीमा उत्कृष्ट युवा खेलाडीका साथै अनुभवी खेलाडीको कमी भने रहेको छैन ।

जमाल मुसियाला र फ्लरियन विर्ट्जमा जर्मनीसँग दुई उत्कृष्ट मौका सिर्जना गर्नसक्ने खेलाडीहरु रहेका छन् । यस्तै विकल्प चाहिएको खण्ड लिरोय साने जस्ता अनुभनी विंगर समेत नागेल्समनको विकल्प रहेका छन् । साने खेल्ने सम्भावना पनि प्रवल रहेको छ तर नागेल्समनले समूह चरणमा दुई १० नम्बर खेलाडीहरूको उपयोग गर्न खोजेको कुरा छर्लङ्ग रहेको थियो ।

उता स्पेन भने दुई युवा खेलाडी– निको विलियम्स र लामिन यमालको प्रशंशाले भरिपुर्ण छन् । लालिगा लगातार हेर्ने दर्शकहरुका लागि यी दुई नाम केही नयाँ त हैनन् तर युरो कपमा यी दुई युवा खेलाडीको फुटबल दुनिया सामू राम्रो परिचय भएको छ । २१ वर्षीया निको र १६ वर्षीय लामिन दुई विंगर रहेका छन् । उनलाई अग्रपंक्तिना कप्तान अलभारो मोराटाले साथ दिने गरेका छन् । त्यसमाथि अर्का युवा खेलाडी पेड्री १० नम्बर भूमिकामा रहँदै आएका छन् ।

मिडफिल्डमा फावियान रुइजको समावेशीकरण राम्रो चासोका साथ हेरिएको भने थिएन । तर प्रतियोगितामा ३ गोल सहित उनले आफूलाई प्रमाणित भने गरेका छन् । उनको साथमा रहेका डिफेन्सिभ मिडफिल्डर रोड्री अहिले आफ्नो भूमिकामा उत्कृष्ट खेलाडी रहेका छन् ।

स्पेनले हालसम्म प्रतियोगितामा १ गोल मात्र खाएको छ । सो गोल आत्मघाती गोलमा रूपमा पछिल्लो खेलमा आएको थियो । स्पेनले विपक्षी टोलीलाई गोल गर्न दिएको छैन । तर स्पेनको डिफेन्सको सबैभन्दा ठूलो प्रशिक्षण आज हुनेछ ।

पहिलो क्वाटरफाइनलको नतिजा मैदानको सबै तहमा निर्धारण हुने निश्चित छ । दुवै टोलीले बल राखेर खेल्न रुचाउँछन् । त्यसमाथि काउन्टर प्रेस र मैदानको अट्याकिङ थर्डमा छिटो पुग्न खोज्नेछन् । दुई बराबर टोलीबीच आजको यस खेल पूर्ण रूपमा मनोरञ्जनात्मक हुने आँकलन गर्न सकिन्छ ।

Related Post

Advertisement