sayapatrikhaber.com
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप लामिछाने सेन्ट्रल कन्ट्रयाक्टमा पुनर्स्थापित भएका छन् । बिहीबार र शुक्रवार बसेको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय समिति बैठकले सन्दिपलाई पुनः सेन्ट्रल कन्ट्रयाक्टमा अनुबन्ध गर्ने निर्णय गरेको हो ।
सन्दिप सेन्ट्रल कन्ट्रयाक्टको ‘ए’ ग्रेडमा रहने क्यानले जानकारी गराएको छ । उनलाई टि–२० आईमा १०० विकेट लिएकोमा बधाई दिदाँ जुलाई १, २०२४ देखि डिसेम्बर ३१, २०२४ सम्म केन्द्रीय सम्झौतामा राखिएको छ । बलात्कार मुद्दामा दोषी ठहर भएसँगै निलम्बनमा परेका सन्दिपले सफाई पाएपछि क्यानले जेठ २ गते उनको निलम्बन फुकुवा गरेको थियो । निलम्बन फुकुवा भएसँगै अमेरिकाको भिसा नपाएपनि उनले वेस्ट इन्दिजमा नेपालले खेलमा आइसिसी टि–२० विश्वकप अन्तर्गतका दक्षिण अफ्रिका र बंगलादेश विरुद्धका खेलहरु खेलेका थिए ।
उनलाई क्यानले घरेलु तथा अन्तराष्ट्रिय प्रतियोगिता झेल्न नपाउनेगरी गत पुस २६ गरे निलम्बन गरेको थियो । निलम्बनमा रहेका कारण उनी सेन्ट्रल कन्ट्रयाक्टको सूचीमा रहेका थिएनन् । यस्तै क्यानले केन्द्रीय सदस्य समेत रहेका छुम्बी लामालाई प्रवक्ता समेत नियुक्त गरेको छ ।