sayapatrikhaber.com
काठमाडौं। युइएफए युरोकप २०२४ अन्तर्गत आइबतार तीन खेल हुँदैछ। आइतबार हुने समूह डी को पहिलो खेलमा पोल्यान्डले नेदरल्यान्डको सामना गर्नेछ।
जर्मनीको भोक्सपार्क स्टेडियन हुने यो खेल नेपाली समयअनुसार आइतबार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ। यस्तै, दोस्रो खेलमा स्लोभेनियाले डेनमार्कसँग प्रतिस्पार्धा गर्नेछ। समूह सी मा रहेका यी दुई टोलीबीचको खेल साँझ ९ः४५ बजेबाट एमएचपी एरेनामा हुनेछ।
समूह सी कै अर्को खेलमा सर्बियाले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। नेपाली समयअनुसार राति १२ः४५ बजेबाट यो खेल भेल्टिन एरेनामा सुरु हुनेछ। प्रतियोगितामा आयोजक जर्मनी, स्वीट्जरल्यान्ड, स्पेन, इटालीले विजयी सुरुआत गरि सकेका छन्।