sayapatrikhaber.com
काठमाडौं । भजनशिरोमणि गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधन भएको छ । विगत केही समयदेखि बिरामी रहेका आचार्यको आज ८२ वर्षको उमेरमा निधन भएको हो ।
आचार्यलाई उपचारका लागि ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पताल लैजाँदै गर्दा बाटोमा निधन भएको बताइएको छ । उनको शव भोलि अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ बजे सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ । त्यसपछि भोलि नै आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी छ ।
आचार्यले मुटु जलिरहेछ, हजार सपनाको माया लागेर आउँछ, जति चोट दिन्छ्यौ देऊ मायालु, माया मेरी साँझ बनी जस्ता गीतहरू गाएका थिए । साथै उनले थुप्रै भजन, राष्ट्रिय गीत पनि गाएका छन् ।