sayapatrikhabar.com
अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार भन्सार राजश्वमा केन्द्रीत नभएकोले अतिरिक्त त्रासमा नबस्न निजी क्षेत्रलाई आग्रह गरे । आइतबार ६८औँ अन्तर्रा्ष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले व्यापार घाटा कम हुँदा राजश्व घटेको तर सरकार व्यवसायीलाई डण्डा लगाएर राजश्व असुल्ने पक्षमा नरहेको जनाए । सरकारले जति कर लाग्ने आय हो त्यतिमा मात्रै राजश्व उठाउने लक्ष्य रोखकोले व्यवसायीलाई नडराउन समेत उहाँले आग्रह गरे ।
अर्थमन्त्री खतिवडाले आन्तरिक राजश्वको वृद्धि दर पनि बढ्दै गएकाले मुलुक आयातमा आधारित राजश्व प्रणालिबाट आन्तरिक उत्पादन र आन्तरिक आयमा आधारित राजश्व प्रणालिमा गइसकेको बताए । मन्त्री खतिवडाले लक्ष्य अनुरुपको राजश्व नउठ्दा समेत आफु नडराएको, विदेशी मुद्रा सञ्चितिमा दक्षिण एसियामै राम्रो रहेको र पछिल्लो समय बैंक ब्यजादर पनि तल रहेकोले अर्थतन्त्रमा कुनै समस्या नदेखिएको बताए ।