sayapatrikhabar.com
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आइतबार झण्डै २१ अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार नेप्से २०.७९ विन्दुले ओरालो लागेर एक हजार २७६.६८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत ४.१० ले घटेर २७४.६२ मा पुगेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोवार रकममा समेत गिरावट आएको छ । कूल १७४ कम्पनीका २६ लाख ६० हजार ३७ कित्ता शेयर ९६ करोड ५० लाख १८ हजार ६६२ मूल्यमा खरिद–बिक्री भए । नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये सबै उपसमूहको शेयर ओरालो लागेको छ ।
बैंकिङ १८.४५, व्यापार १६.७३, होटल ३९.८, विकास बैंक २१.३१, जलविद्युत् १८.९६, वित्त १०।६७, निर्जीवन बीमा १५१.७४, उत्पादन २६.०५, अन्य ६.७२, लघुवित्त २६.८१, जीवन बीमा १२४.९९ र सामूहिक लगानी कोष ०.०६ ले घटेको छ । नेप्सेका अनुसार कारोवारका आधारमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था शीर्षस्थानमा रहेको छ । सो संस्थाको रु आठ करोड २६ लाख ४६ हजार २७० बराबरको शेयर कारोवार भई शीर्षस्थानमा रह्यो । यस्तै नेपाल लाइफ इन्सुरेन्स कम्पनी छ करोड ४५ लाख ४७ हजार ५८४, ग्लाबेल आइएमई बैंक छ करोड २९ लाख ६८ हजार ७२५, शिवम् सिमेन्ट तीन करोड ३९ हजार ६६३, एनआइसी एशिया दुई करोड ९९ लाख ८६ हजार ३०६, प्रभु बैंक दुई करोड ९६ लाख ७२ हजार १४४ र गुराँस लाइफ दुई करोड ६८ लाख ९० हजार ६१७ बराबरको कारोवार भई शीर्षस्थानमा रहे ।