Sayapatrikhabar
प्राय : सवै नेपालीहरुले विहान वा साझ पूजा गर्ने चलन छ । तपाईहरुको मनमा एउटा प्रश्न जाग्न सक्छ पूजा किन गरिन्छ र पूजा गर्दा के हुन्छ ? पूजा सम्बन्धि आदि इत्यादि प्रशनहरुको जवाफ दिने प्रयास गरेको छु ।
तपाई कुनै ठाउँको देवालय वा घरको पूजा कोठामा पूजाको लागि वस्नु अघि स्नान गरी चोखो वस्त्र धारण गर्नु अनिवार्य हुन्छ । पूजा कोठामा प्रवेश गर्नु भन्दा अगाडी पूजा कोठाको वतावरण शुद्ध पार्न कपुर गन्ध वा धुप वालि केहि छिन छोड्नु पर्दछ ताकि पूजा कोठाको चारै दिशाको हावा शुद्ध होस् । यति गरे पछि शुद्ध आशनमा पलेंटी कसि काँधमा सफा रुमाल वा कपडा राखि पूर्वतिर फर्केर पूजाको लागि मानसिक रुपमा तयार बनाउनु पर्दछ । पूजा गरीरहन्दा खोकि वा हाच्छु आइहाले रुमाल वा कपडाले छोप्नुहोला ताकी फोहोर छिंटा यताउती जान नपाओस। आशनमा वसि सके पछि तपाई भगवान को मुर्ति पूजा गर्नु हुन्छ, प्रथम पूजा गणेशको गर्नु पर्दछ त्यो नभुल्नुहोला । त्यसपछि क्रमश : पूजा गर्दै जाँदा तपाईको मन मस्तिष्क भगवान प्रति केन्द्रित हुनु अनिवार्य छ र हुदै जान्छ त्यसैको लागि पूजा गर्नु परेको हो, प्रतिदिन पूजा गर्दै जाँदा दिमागले एकाग्रता हुने उर्जा प्राप्त हुन्छ दैनिक पूजा गर्ने मानिसमा एकाग्रता तथा ध्यान केन्द्रित गर्ने क्षमता विकास भई रहेको हुन्छ त्यसले कार्य सफलता हासिल गर्नका लागि महत्व पुर्ण योगदान पुर्याएको हुन्छ यो नै ईश्वरले दिने वरदान हो । पूजाको अन्तिम विद्यीमा धुप, दिप वा आरती दिनु पर्दछ, जव तपाई देउताको नाममा दुई हात जोडि पाठ गर्नु हुन्छ त्यसवेला तपाईको मस्तिष्क शान्त हुन्छ, आँखाले कार्य गर्न पाउदैन र कानले अरु वाहिरको कुरा सुन्न सकिन्दैन र नाकले गन्ध चाल पाउदैन भन्नाले तपाई गहिरो एकाग्रतामा हुनु हुन्छ, अव तपाई असाधारण परिस्थितीमा पुग्नु भइसक्यो यस्तो स्थिती बाट वाहिर आउनु जाग्रित हुन पर्दछ यसको लागि धुप, वत्ति, घण्टा आदिले हामीलाई पहिलेकै रुपमा फर्काउछ धुपको धुवाँले नाकलाई सक्रिय बनाउछ, बत्तिको उज्यालो प्रकाशले आँखालाई पुर्वास्थामा ल्याउछ र घण्टा वा शंख ध्वनीले कानलाई शुन्य बाट ब्युझाउछ र मस्तिष्कलाई सक्रिय गराउछ पूजा विधि सकिए पछि आरती दिनु पनि यहि कारण हो । आरती दिंदा एक हातले आरती र अर्को हातले घण्टी बजाउनु पर्छ यसो गर्दा तपाईको दुवै मस्तिष्क सक्रिय हुन्छ । यति सके पछि तपाईको पूजा समयवधि सकिन्छ र दिन चर्या विताउनको लागि तपाई पुर्ववत : अवस्थामा पुग्नु भई दैैनिक कार्य गर्न सक्नु हुन्छ ।
पूजाआजा गर्ने कार्यले मानव कल्याणको लागि निकै फाइदा गर्दछ त्यसैले दैनिक पूजाआजालाई सफलता प्राप्त गर्ने सुत्रमा परिन्त गर्नुहोस् । दैनिक पूजा गर्न नछोडौ ।
ओम धर राजोपाध्याय