sayapatrikhabar.com
महेन्द्र शाही
अहिले विश्व व्यापि रुपमा कोरोनाको महामारी फैलिएको छ । यसबाट कुनै पनि देश अछुतो छैनन । सबै देशलाई यसले असर गरेको छ । फरक यति मात्र हो कि कतै धेरै गरेको होला कतै थोरै । आर्थिक रुपमा सम्पन्न होस या विपन्न कुनै पनि देशलाई कोरोनाले छाडेको छैन । यसको प्रभावबाट नेपाल पनि अछुतो रहन सकेको छैन । कोरोनाका कारण नेपाललमा अहिले बन्दाबन्दीको अवस्था रहेको छ । बन्दाबन्दीको यो अवस्थामा सहरी क्षेत्रामा रहेका प्रायजसो मानिसहरु गाउँघर तिर लागेका छन । दशै तिहार भन्दा पनि सुनसान देखिन थालेका छन हाम्रा सहरहरु । विपतको समयमा सबैले सम्झने भनेको गाउँनै हो भन्ने देखिएको छ । २०७२ सालको भुकम्पको समयमा पनि सहरमा रहेका वा काठमाडौमा रहेकाहरु गाउँ फर्केका थिए । तर केहि समय पछि पुनः काठमाडौ आए र अवस्था पहिलेकै जस्तो भयो । अहिले फेरि अवस्था फेरिएको छ । फेरि शहर रित्तिएका छन भने गाउँ भरिभराउ देखिन थालेका छन ।
समस्यामा पर्दा मात्र गाउ सम्झने परीपाटीले गाउँ भनेको विपतको समयमा मन बहकाउने स्थानका रुपमा मात्र रहेको होकी भन्ने भान पर्न थालेको छ । शहरमा रहेका नागरिक कि विपतमा शहर छोड्छन कि चार्ड पर्वमा मात्र गाउँको मुहार हेर्न जाने गरेका छन । यस्ता विपत वा महामारीलाई शक्तिमा बदलेर काम गर्न सकेको खण्डमा व्यक्ति समाज र राष्ट्रका सबैका लागि यो फलदायि हुन सक्छ । तर नेपालीहरु त्यसलाई उपयोग गर्ने भन्दा पनि गाउँघरमा जाने र केहि समय मन बहकाउने बाहेक अन्य उत्पादनसील कार्यमा समय दिने गरेको प्राय पाईदैन ।
अहिले शहर तथा विदेशबाट गाउँ फर्केकाहरु घुमफिर भन्दा पनि उत्पादनको क्षेत्रमा लाग्न सकेको खण्डमा यसले सबैलाई राम्रो गर्ने निश्चित देखिन्छ । नेपाल कृषि प्रदान देश हो । यहाँका खेतबारी बाँजै रहेको अवस्थामा गाउँ फर्किएकाहरुले कृषि कर्म गर्ने हो भने नेपालको आर्थिक वृद्धिदरमा जुन किसिमको आकलन गरिएको छ त्यस भन्दा सुधार हुन सक्छ । विश्व बैंक, एसियालि विकास बैँक तथा नेपाल राष्ट्र बैँकलेनै अहिलेको अवस्थामा आर्थिक वृद्धिदर २ प्रतिशत भन्दा बढी नहुने बताइरहेको समयमा हामी हाम्रो मुख्य क्षेत्र कृषिमा लाग्न सकेको खण्डमा आर्थिक वृद्धिदरमा केहि सुधार हुन सक्ने थियो ।
नेपालमा धेरै जसो खाद्यान्न समेत आयात गर्नु पर्ने अवस्थामा गाउँघरमानै उत्पादन गरेर सहरकै लागि पठाउन सकियो भने विदेशीने रकम पनि नेपालमै राख्न सकिने थियो । शहरलाई दिन सकिएन भने पनि आफैलाई पुग्ने गरि उत्पादन गरिएको खण्डमा पनि यसले राज्यलाई केहि सहयोग पुग्ने थियो कि ? एन.जी ओ र आइ.एन.जीओ ले पनी यस क्षेत्रमा लगानी गरे तथा अन्य काममा लागेकाहरुले पनि यो समय सदुपयोग गर्दै कृषिमा लाग्न सकेको खण्डमा देशको आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव पर्ने थियो । कोरानाका कारण नेपाल मात्र होइन विदेशमा पनि काम भएको छैन । बाहिर बाट समेत खाद्यान्न नआएको खण्डमा देशमा भोकमरि चल्न सक्छ । त्यसैले यस तर्फ सबैले ध्यान दिनु पर्ने देखिन्छ । यो महामारीको अवस्थामा उद्योगधन्दा पनि बन्द हुने र धेरैको रोजगारी गुम्ने अवस्था आउन सक्छ ।
त्यति खेर सरकाले रोजगारी दिन सक्ने अवस्था पनि रहदैन नेपाल जस्तो देशमा । लकडाउनको प्रभाव नभएको समयमा त देशले रोजगारी दिन नसकिरहेको अवस्थामा रोजगारीको माग नागरीक स्तरबाट अझ पेचिलो बन्ने छ । धेरै युवा विदेशमा गएर भए पनि आफ्नो जहान बच्चा पालेको अवस्थामा विदेशमा पनि यसको प्रभावले कामदार कटौति हुने सम्भावना छ । जसले गर्दा नेपाल जस्ता रेमिटान्समा चलेको देशका लागि ठूलो चुनौति हुने छ । तसर्थ राज्यले गरेन भन्दा पनि अहिले देखिने गाउँ गाउँमा डुलि हिड्नु भन्दा आफ्नो बारीमा सामाजीक दुरी कायम गरि खाद्यान्न तथा अन्य नगदेबाली नै लगाउन सकियो भने आपूm तथा राज्यलाई नै फाइदा हुन सक्छ । यो अवसरमा काम गर्न थालियो भने पर निर्भरता पनि कम हुने र भोकमरिको पनी डर हुदैन । पछिल्लो समय देश संघियतामा गएसँगै आर्थिक भार बढेका छ । त्यस्तै यो लकडाउने पनि आर्थिक क्षेत्रमा थप क्षति पु¥याइ सकेको छ । यसले गर्दा पनि अहिले नै खेति गरेर अबको ५–६ महिना पछि हुन सक्ने खाद्यान्नको अभावलाई टार्न सकियो भने पनि यो ठूलो उपलब्धी हुने थियो ।
अहिले गाउँमा स्थानिय सरकाले उद्धार गरि ल्याएका व्यक्तिहरु पनि आइसकेको अवस्थामा उनीहरुलाई स्थानिय सरकारले पनि उत्पादनशील क्षेत्रमा लगाउनु पर्ने देखिन्छ । सरकारलाई गालि गरेर समय खर्च गर्ने र अनुत्पादक क्षेत्रमा बरालिने भन्दा सानो भए पनि अहिले काम गरियो भने धेरै नभए पनि आफ्नै परिवालाई भए पनि राहत पुग्ने थियो कि ? यो विपतमा हामी नेपालीलाई स्वाभिमान बनाउने बाटो तिर लाग्न प्रेरणा मिलेको खण्डमा समाजलाई रुपान्तरण गर्न सकिने थियो । समाज वा राष्ट्र निर्माणका लागि नेतृत्व गर्नेलाई मात्र दोष दिनु भन्दा पनि आपूm पनि समाजको विकासका लागि लाग्न सकेको खण्डमा मात्र विकास सम्भव होला ।
विश्वका कुनै पनि देशहरु विदेशको रेमिटान्सले विकास भएको उदाहरण कतै छैनन । तसर्थ विदेश जाने र परीवारलाई सहरमा राख्ने वित्तिकै देश परिवर्तन भएको भन्नु गलत हो । गाउँ छोडेर सहर जानुनै परिवर्तन हो भन्ने मानसिक्ता परिपर्तन गर्ने पनि यो सहि समय हो । जति विदेश वा सहर गएको भए पनि आखिरमा विपतमा गाउँमै आउने पर्ने बुझेर गाउँमै काम गर्न थालियो भने यहिबाट देश र समाजको विकासको बाटो खुल्ने थियो ।
कोरोनाको मौका छोपेर घर फर्किएकाहरुले अनुहार चाउरीयका आफ्ना बा आमालाई सम्झेर भए पनि विदेश जाने भन्दा आफ्नै गाउँमा बस्ने इच्छा जागेको खण्डमा र आफ्नो गाउँठाउँमानै बस्ने सदबुद्धि पलाएको खण्डमा पनि देशमा लकडाउन खुले पछि आउन सक्ने भयाभह अवस्थाको अन्त्य गर्नमा पनि सहजता आउने थियो कि ? होइन भने आफ्नो गाउँमा काम गर्न लाज मान्ने अनि सहर तथा विदेश मात्रै जाने हो भने देशमा आत्मानीर्भरको अबस्थामा अझ बढी समस्या देखिने छ । विदेशमा पनि कोरोनाको प्रकोप रहेकाले त्यहाँ पनि रोजगारीको सम्भावना कम हुने छ । जसले गर्दा नेपालको रेमिटान्स क्षेत्रमा पनि असर पर्ने छ अत देशमानै भोकमरीको अवस्था आउन सक्छ । तसर्थ यसका लागि स्थानिय सरकार र नागरिक सबैले यसलाई अवसरको रुपमा सदुपयोग गरेर अगाडि बढ्न सकेको खण्डमा परनिर्भरता र भोकमरिको अवस्थाबाट जोगिन सकिन्छ ।