अहिलेको परिस्थिति र विश्लेषण

सयपत्रिखवर 2020-04-27
img

  sayapatrikhabar

राजकुमार लामिछाने (भक्तपुर)

सधै हामी तत्कालीन स्थिती परिस्थिती हेर्छौ । तर त्यसरी कहिल्यै कुनै निष्कर्षमा हामी पुग्नु हुदैन । ल अब क्या राम्रो भयो , ल अब खत्तम भयो भनेर भनेका धेरै पलबाट हामी गुज्रिएका छौ र गुज्रिनु छ । पुष्पलाल बिते नेकपा सकियो भन्ने भो , मदन बिते नेकपा सक्कियो भन्ने भो मनमोहन बिते नेकपा सक्कियो भन्ने भो , राजा शासन आयो सबै पार्टी नै सक्कियो भन्ने भो , तत्ल्कालिन प्रभावशाली केशरजंग रायमाझी राजदरवार छिरे कम्युनिस्ट आन्दोलन नै सक्कियो भन्ने भो , नेकपा एमाले संविधानसभा निर्वाचनमा तेस्रो भयो सक्कियो भन्ने भो , संविधान सभा भंग भो सक्कियो भन्ने भो कति छन छन घटनाहरु सक्कियो भने तर त्यस्तो हुदैन ।

यदि हामिले मानेको मार्क्सवाद सहि छ भने यो नेकपा सक्किएछ भने अर्को नेकपा अघि आउँछ अर्को पनि सक्किएछ भने अर्को आउँछ । मुख्य कुरा आन्दोलन हो आन्दोलनको मशाल बोक्ने कुरा हो । जबसम्म हामी समाजवाद सम्म पुग्दैनौ यो क्रम त चली नै रहन्छ । दल नै प्रतिबन्धित स्थानबाट समाजबाद उन्मुख भन्ने बाक्यांश सहित संविधान हामिले पाएका छौ । अझ अघि बढ्छ कुनै शंका छैन ।

 जहांसम्म अहिले को विश्लेषण गर्ने हो भने यो त सुरुवात हो । हामी भर्खरै पुजिवादमा प्रबेश गरेका छौ । नेपालको आफ्नै राष्ट्रिय पुजिको हिस्सा पनि कमजोर छ । यस्को मतलव दलाल पुजिवाद हावी हुन्छ, हुनु स्वभाबिक नै हो । अनि हाम्रो समाजमा मध्यमस्तरका जनसंख्याको बाहुल्यता छ । यो अवसरबादी हुन्छ सधै आफू संग भएको गुमाउन नि चाहदैन , अत जोखिम मोल्ने दुख गर्ने कुरा पनि चाहादैन , जे छ त्यस्मै खुशी हुन नि सक्दैन , अर्को खुशी भाको नि देखिरहन सक्दैन , असहिष्णु हुन्छ अनि तरल हुन्छ कहिल्यै कुनै ठोस आकारमा हुदैन । अर्को दल र दलका नेताहरु आन्दोलनको नेतृत्व गरेर खारिएका छन । उनिहरुसंग अनुभव छ त खाली माग गर्ने, तर माग पूरा गर्ने अनुभव छैन । प्रसासन त कुरै नगरे हुन्छ, पन्चायत देखि अहिले सम्ममा न त्यहा कुनै परिवर्तन भाको छ नत परिवर्तन हुन चाहेको छ ।

  मिडिया बिज्ञापनको पछि छन बिज्ञापन उधोगपति संग छ । उधोगपति केवल नाफामा केन्द्रित छन । उधोगपति कलकारखाना खोलेर रिस्क मोल्ने भन्दा बाहिर बाट सामान ल्याएर राजस्व छलेर , कालोबजारी गरेर ठगेर चांडो पाइन्छ भन्ने छ अनि त्यस्मै मज्जा मान्छन । हामी पहिलो हुने जित्ने प्रणालिमा छौ त्यसैले पार्टीले उम्मेदवार छान्दा सक्षम कर्मठ योगदान पुर्याएको जिताउन पर्ने काम गर्न सक्ने हैन, को चै जित्छ, जातका ,समुदायका , धनका ,सस्तो लोकप्रियता आदिका आधारमा  उस्लाइ टिकट र उम्मेदवारी दिनुपर्ने हुन्छ । जस्ले गर्दा डन , ठेकेदार , जात समुदाय धर्मका  मालिक हाम्रा जनप्रतिनिधि बन्छन । तिनैले कानुन बनाउछन, तिनैले सरकार बनाउछन, तिनैले शाषण गर्छन । अनि पार्टी एकातिर, पार्टीको सिद्दान्त एकातिर, अनि सरकार एकातिर, अनि देश र जनता एकातिर, शासन एकातिर अनि मिडिया एकातिर हुनपुग्छ ।समग्र कुरालाइ मध्यनजर गर्ने हो भने अहिले जे भैरहेको छ स्वभाबिक नै हो । यो पुजीवादी चरण, त्यस्मा नि दलाल पुजिबादी चरण यसरी नै गुज्रिने छ । फेरिपनि भन्छु यो त सुरुवात मात्र हो ।

 

 

Related Post

Advertisement